"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पाकिस्तानले ७ जना खेलाडीलाई टेस्ट टोलीबाट हटायो

Table of Content

काठमाण्डाै – लर्ड्समा घरेलु टोली इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टोलीबाट ७ जना खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

पीसीबीले मोहम्मद रिजवान, इमाम–उल–हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, ओवैस जफर र खुर्रम शहजादलाई टेस्ट टोलीबाट हटाइएको जनाएको छ ।

यी ७ खेलाडीको सट्टामा साइम अय्युब, अब्दुल्लाह फजल, अराफत मिन्हास, इमरान जुनियर, साद बेग, इमरान रन्धावा र रजाउल्लाहलाई टोलीमा समावेश गरिएको छ । पीसीबीका अनुसार यी ७ खेलाडी तेस्रो टेस्टअघि पाकिस्तानको टोलीमा सामेल हुनेछन् ।

यसैबीच पीसीबीले मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुलले पदबाट राजीनामा दिने पनि जनाएको छ ।

माइक हेसनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् भने एस्ली नोफ्केले बलिङ प्रशिक्षकको भूमिका सम्हाल्नेछन् । माइक हेसन पहिले नै पाकिस्तानको एकदिवसीय र टी–२० टोलीको प्रशिक्षक छन् ।

लर्ड्समा भएको टेस्टमा इङ्ग्ल्यान्डसँग १९४ रनले हार बेहोरेपछि पाकिस्तानका ओपनर ब्याटर इमाम–उल–हक र अन्य खेलाडीहरू आलोचनाको घेरामा परेका छन् ।

३ खेलको शृङ्खलामा इङ्ग्ल्यान्डले २–० ले अग्रता लिएको छ । पहिलो टेस्ट इङ्ग्ल्यान्डले एक पारी र १०३ रनले जितेको थियो । शृङ्खलाको अन्तिम खेल सेप्टेम्बर ९ देखि एजबास्टनमा शुरू हुनेछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०