"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनका खेलकुद संस्थाले लत्ताकपडा सहयोग गर्ने

Table of Content

भरतपुर । चितवनका खेलकुद संघसंस्थाले नुवाकोट र रसुवाको बाढीप्रभावित क्षेत्रमा दुई लाख बढीको सहयोग गर्ने भएका छन् ।

चितवन जिल्ला खेलकुद विकास समितिले बाढीप्रभावित क्षेत्रमा राहतका लागि सहयोग गर्न जिल्लाका सबै खेलकुद संघसंस्थालाई अपिल गरेको थियो । समितिको अपिलपछि विभिन्न खेलकुद संघसंस्थाबाट दुई लाख सात हजार १६० रूपैयाँ सङ्कलन भएको छ । यसबाट प्रभावित क्षेत्रमा ट्रयाकसुटलगायतका लत्ताकपडा सहयोग गर्ने निर्णय भएको समितिका अध्यक्ष राजन कार्कीले बताए ।

प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको कुराकानीपछि त्यस क्षेत्रमा तत्कालका लागि लत्ताकपडा सहयोग गर्न सुझाव प्राप्त भएकोले सो रकमबराबरको ट्रयाकसुटलगायतका लत्ताकपडा सहयोग गर्न लागिएको उनले बताए । प्रभावित क्षेत्र पुगेर आवश्यक लत्ताकपडालगायतका राहत सामग्री वितरण गरिने समितिका कार्यालय प्रमुख रामजी ढकालले बताए ।

यसका लागि समितिले ५० हजार रूपैयाँ सहयोग गरेको छ । चितवन जिल्ला ब्याडमिन्टन संघले २९ हजार ५ रूपैयाँ, तेक्वान्दो संघले २५ हजार, तेक्वान्दो संघकै अध्यक्ष शैलेश श्रेष्ठले जन्मदिनको अवसरमा व्यक्तिगतरुपमा ५ हजार, क्रिकेट संघ र भलिबल संघले २०–२० हजार तथा एथ्लेटिक्स संघले १८ हजार रूपैयाँ सहयोग गरेका छन् ।

यस्तै, मुवाथाई संघले १५ हजार १५५, कबड्डी संघ र सितोरियो कराँते संघले १०–१० हजार तथा सितोरियो सोवुकान कराँते संघले ५ हजार रूपैयाँ सहयोग गरेका छन् । राहत लिएर प्रभावित क्षेत्रसम्म पुग्नका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य कृष्णबहादुर नेपाल ‘सुजन’ले यातायात व्यवस्थापन गर्ने भएका छन् ।

प्रभावित क्षेत्रमा अहिले अन्य सहयोगभन्दा लत्ताकपडा आवश्यक देखिएकोले सोमबार सबै संघसंस्थाको संयुक्त बैठक बसी लत्ताकपडा सहयोग गर्ने निर्णय गरिएको समितिका अध्यक्ष कार्कीले बताए ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०