"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रसुवा बाढी : राहत सङ्कलन र वितरण यसरी भइरहेकाे छ

Table of Content

काठमाण्डाै – रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकका लागि काठमाण्डाैबाट सङ्घीय सरकारले प्रदेश तथा पालिकासँगको समन्वयमा राहत सङ्कलन, व्यवस्थापन तथा वितरणलाई तीव्रता दिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीको पहिचानदेखि त्यसको व्यवस्थापन र वितरणसम्मको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको छ ।

प्राधिकरणका अनुसार ‘सेतु र्‍यापिड’ प्रणालीमार्फत कुन ठाउँमा कस्तो राहत सामग्री आवश्यक छ, कति परिमाणमा आवश्यक छ र उपलब्ध सामग्री कसरी सम्बन्धित ठाउँमा पुर्‍याउने भन्नेबारे जानकारी सङ्कलन तथा समन्वय भइरहेको छ । यसबाट प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी त्यहीअनुसार राहत सामग्री व्यवस्थापन गर्न सहज भएको छ ।

यही भदौ १० गते गएको बाढीले रसुवा, नुवाकोट र धादिङको त्रिशूली नदी किनारका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन काठमाण्डाैमा ५ ठाउँमा सङ्कलन केन्द्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डाै, स्वास्थ्य सेवा विभाग टेकु, शहरी विकास तथा भवन निर्माण विभाग बबरमहल, मानवीय सहायता गोदामघर त्रिभुवन विमानस्थल र नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीमा राहत सामग्री सङ्कलन भइरहेको छ ।

काठमाण्डाै उपत्यकामा सङ्कलन भएका राहत सामग्री नुवाकोटको विदुरमा रहेकाे जिल्ला समन्वय समिति हल, विदुर नगरपालिका कार्यालय, श्री नम्बर १ सैन्य तालिम केन्द्र मैथली तथा जिल्ला प्रशासन कार्यालय रसुवामार्फत प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ । यी केन्द्रमा सङ्कलन तथा भण्डारण भएका सामग्री सम्बन्धित जिल्लाका अस्थायी शिविर तथा प्रभावित बस्तीमा पुर्‍याएर वितरण भइरहेको छ ।

रसुवा र नुवाकोटमा राहत वितरणका लागि विभिन्न अस्थायी शिविर तथा होल्डिङ सेन्टर तोकिएका छन् । रसुवातर्फ धुन्चेको सिटी हल, मेलुङ जलविद्युत् क्षेत्र, स्याफ्रुबेँसीको स्याफ्रु विद्यालय, राम्चेको राम्चे विद्यालय, डाँडागाउँ, खैदी गाउँ, रोङ्गा, नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटार, हिमालयन क्याम्पस कालिकास्थान र खाम्जिङमा राहत वितरण तथा प्रभावितको व्यवस्थापन भइरहेको छ ।

त्यस्तै नुवाकोटमा त्रिभुवन माध्यमिक विद्यालय, कार्की मनकामना आधारभूत विद्यालय कार्कीगाउँ, टुप्चेटार स्वास्थ्य चौकी तथा पुस्तकालय, सुलक्षण माध्यमिक विद्यालय, सुन्दरी क्यौरिनी माध्यमिक विद्यालय, इन्द्रायणी आधारभूत विद्यालय विदुर–१, त्रिशूली आधारभूत विद्यालय, विदुरको कभर्ड हल, स्वास्थ्य चौकी विदुर–२ तथा नुवाकोट दरबार, कोलनी कभर्ड हल तथा भैरुम माध्यमिक विद्यालय, क्रियापुत्री भवन, तामाङ प्लाजा बट्टार, चन्द्रज्योति माध्यमिक विद्यालय, आयुर्वेद वैकल्पिक चिकित्सालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय तथा वडा कार्यालय र बेलकोटगढी नगरपालिकाको महादेव माध्यमिक विद्यालयलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएको छ ।

प्रभावित क्षेत्रमा पुर्‍याइएका राहत सामग्रीमा चामल, चाउचाउ, बिस्कुट, दाल, नुन, खाने तेल, चिनी, पिठो, मिनरल वाटर, जीवनजल, औषधि तथा स्वास्थ्य सामग्री रहेका छन् । त्यसैगरी कम्बल, म्याट्रेस, टेन्ट, त्रिपाल, प्लास्टिक सिट, कपडा, बालबालिकाका कपडा, जुत्ता–चप्पल, साबुन, ब्रस, टूथपेस्ट, बाल्टिन, पानी बोक्ने ड्रम, सौर्य तथा आपत्कालीन बत्तीसमेत उपलब्ध गराइएको छ । त्यस्तै प्रभावित क्षेत्रका आवश्यकताअनुसार डिजेल, पेट्रोल, काठदाउरा, कोदालो, कुटो, बञ्चरो, डोरी, पञ्जा, मास्क, सेनेटरी प्याड, बालबालिकाको हेरचाहका सामग्री, पशु आहारलगायतका सामग्रीसमेत पठाइएको छ ।

काठमाण्डाै उपत्यकाका विभिन्न सङ्घ–संस्था, कम्पनी, क्लब, नागरिक समूह तथा व्यक्तिले सङ्कलन गर्ने राहत सामग्री एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको छ । सङ्कलित सामग्री सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राहत तथा उद्धारमा प्रत्यक्ष खटिएका काठमाण्डाैमा रहेका सुरक्षा निकाय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा निर्देशनमा प्रभावितसम्म पुर्‍याइने व्यवस्था गरिएको छ ।

सङ्घीय सरकारले प्रदेश र पालिकासँग समन्वय गरी प्रभावितको तत्कालीन आवश्यकता सम्बोधनसँगै राहत सामग्रीको दोहोरोपन रोक्ने, आवश्यकताका आधारमा सामग्री परिचालन गर्ने र दुर्गम तथा प्रभावित क्षेत्रमा प्राथमिकताका साथ राहत पुर्‍याउने काम अघि बढाएको जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Untitled design

भोटेकोशी बाढीपीडितको राहतका लागि ‘सशक्तीकरणका लागि हाम्रो अभियान’को सहयोग, थप सहयोगको अपिल

चितवन । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ‘सशक्तीकरणका लागि...
unnamed-(1)-1788238124

बाढी प्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाण्डौ – विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरूलाई...
WhatsApp Image 2026-09-01 at 10.20.51 AM

भोटेकोशी बाढीपीडितका लागि भेटघाट रेष्टुरेन्टद्वारा २ लाख ५२ हजार २ सय १२ रुपैयाँ सहयोग

चितवन । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने...
1-1788178501

एमालेले बाढी पीडितका लागि १ कराेड २० लाख दिने

काठमाण्डाै – नेकपा (एमाले) ले रसुवा बाढीका पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकाेप...
dr-swarnim-wagle-1788176416

विपद् व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी विपद‍्बाट उत्पन्न समस्याको समाधान र पुनर्निर्माणका लागि सरकारले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०