"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुरूङभित्र रहेका मानिसको उद्धार गर्न बाह्य मुलुकबाट पनि मद्दत लिनुपर्छ- सभापति थापा

Table of Content

नेपाली कांग्रेसका सभापति गगन थापाले सुरूङभित्र रहेका मानिसहरूको उद्धारमा बाह्य मुलुकको पनि मद्दत लिन आग्रह गरेका छन्।

आफूले परराष्ट्र मन्त्री शिशिर खनाललाई टेलिफोन गरेर सुरूङभित्र रहेका मानिस उद्धार गर्न बाह्य मुलुकको पनि सहयोग लिन सुझाव दिएको उनले बताए।

‘हामीसँग भएको विज्ञताले मात्र सुरूङमा उद्धार गर्न सम्भव छैन भन्ने जानकारी आएपछि मैले परराष्ट्रमन्त्रीलाई सम्पर्क गरी वाह्य मुलुकबाट मद्दत लिन आग्रह गरेको छु,’ सभापति थापाले आज केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा भने।

उनले उद्धार र राहतमा जुट्न कांग्रेस कार्यकर्ताहरूलाई आग्रहसमेत गरेका छन्।

साथै। हरितालिका तीज लगायतका पर्वहरूलाई सामान्य रूपमा मनाउन उनले आग्रह गरेका छन्। 

बाढीपहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण कांग्रेसले गराउने निर्णय पनि गरेको छ। 

विपद्को समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको उनले बताए।

सरकारका काममा रहेका ‘ग्याप’ र कमजोरी औंल्याउनु आलोचना नभई सहयोग नै भएको उनले बताएका छन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०