"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

Table of Content

चितवन, भदौ ६–

चितवनमा बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत खैरहनी–१ तरकारी चोकमा शनिबार दिउँसो १२ः३० बजेको समयमा नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बागमति प्रदेश–०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०१५प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडी सवार दुवै जना गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३२ वर्षका पुरुषको दिउँसो १ः५५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको र पछाडी सवारी अन्दाजी २६ वर्षकी महिलाको दिउँसो २ बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको अझै पनि सनाखत भएको छैन । शवको सनाखतको प्रक्रियामा रहेको र साँझसम्ममा सनाखत हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभुषण यादवले जानकारी दिए । प्रहरीले बस चालक सर्लाही हरीवन नगरपालिका–८ बस्ने वर्ष ५१ का अजय कुमार मास्केलाई नियन्त्रणमा लिएको छ । ती दुवै सवारी इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०