"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘कहिले सुरक्षित हुन्छन् हाम्रा छोरी ?’

Table of Content

काठमाडौं : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन सुरु भएको छ। माइतीघरमा बिहीबार गरिमाका लागि न्याय खोज्दै सडकमा आमाहरू नै उत्रिए।

काठमाडौंमा बस्दै आएकी जनकपुरकी नीलमकुमारी महतोले महिला तथा बालिकामाथि हुने यौन हिंसा र हत्याका घटनामा विद्यमान कानुनी व्यवस्थाप्रति असन्तुष्टि जनाएकी छन्। यस्ता जघन्य अपराधमा आजीवन कारावासमात्र पर्याप्त नहुने भन्दै उनले फाँसीको सजाय व्यवस्था गर्न माग गरिन्। ‘धेरै भइसक्यो, हामीले भोगेको। अब हामीलाई ज्यानको बदला ज्यान नै चाहिन्छ। ज्यानको बदला १० लाख होइन, अब ज्यान नै चाहिन्छ,’ उनले भनिन्, ‘सरकारले फाँसी दिन सक्दैन भने बलात्कारका आरोपीलाई हाम्रो जिम्मा लगाइयोस्, हामी आफैं न्याय गर्छौं।’

कठोर सजायको व्यवस्था नभएसम्म यस्ता घटना दोहोरिइरहने उनको आक्रोश छ। गाउँघरमा हुने यौन हिंसा सामाजिक लाज र दबाबका कारण बाहिर आउन नसकेको उनले बताइन्। ‘क, ख पनि राम्ररी नजान्ने तीन वर्षकी बालिकाले यस्तो पीडा भोग्नुपर्दा त्यो पीडा कसले सुनिदिने ? ’ उनले प्रश्न गरिन्। प्रदर्शनमा सहभागी यासमी बेगम सहेबले पनि कडा सजाय नहुँदा घटना दोहोरिएको बताइन्। ‘जब देशको कानुन फितलो हुन्छ, यस्ता अपराधीहरूले हिंसाको माहोल सिर्जना गर्छन्,’ उनले भनिन्। 

गरिमा घटनापछि आफू असुरक्षित महसुस गरेको उनले बताइन्। ‘तीन वर्षकी बालिकाको हत्या भयो भने न म सुरक्षित छु, न मेरी छोरी सुरक्षित छिन्, न मेरो घरका आमा, दिदी, बहिनी सुरक्षित छन्, न हाम्रो हजुरआमा नै सुरक्षित हुनुहुन्छ,’ उनले भनिन्।निर्मला पन्तको घटनामा लामो समय बितिसक्दा पनि न्याय हुन नसकेको उल्लेख गर्दै उनले गरिमा चौधरीको घटनालाई न्यायका लागि निर्णायक मोड बनाउनुपर्ने बताइन्।

प्रदर्शनकारी नियन्ता पौडेलले बलात्कारजस्तो अपराधमा कठोर सजाय आवश्यक रहेको बताइन्। ‘नेपाल सरकारले फाँसीकै सजाय दिनुपर्छ। यदि फाँसी दिएन भने दुई–तीन वर्ष जेल बसेर निस्किएपछि फेरि अरूलाई पनि त्यस्तै गर्न सक्छ,’ उनले भनिन्। प्रदर्शनमा सहभागी सोहन भुजेलले कडा सजायले भविष्यमा यस्ता अपराध गर्ने सोच राख्नेहरूलाई निरुत्साहित गर्ने बताए। निर्मला पन्तको घटना भएको आठ वर्ष भइसक्दा पनि पीडितले न्याय नपाएको उनले बताए। 

जेन—जी प्रतिनिधिको रूपमा गृहमन्त्री सुधन गुरुङतर्फ प्रश्न गर्दै उनले भने, ‘अझै हाम्रा देशका महिलाहरूले कति भोग्नुपर्ने हो ? के हाम्रो देशमा महिला र बालबालिका सुरक्षित छन् ?’

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

aandolan_CVLQiweb5a_m1DadpA4I0

‘कहिले सुरक्षित हुन्छन् हाम्रा छोरी ?’

काठमाडौं : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै...
death_JvuG08585c_zhovlXx9fv

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा, ५ भदौ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको...
Bipad_Pradhiran_IuUQHvxqJA

चार महिनामा विपद्का पाँच हजारभन्दा धेरै घटना, २५० जनाको ज्यान गयो

काठमाण्डौ — बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी पाँच हजारभन्दा धेरै विपद्जन्य घटना भएका...
tu-sewa-aayog_0AJHkS1oaQ

फर्जी कागजात पेस गरेका उम्मेदवार उपप्राध्यापकमा सिफारिस !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगबाट सञ्चालित सामाजिक अध्ययन विषयको उपप्राध्यापक पदको सिफारिसमाथि प्रश्न...
Ukraine-1787370939

युक्रेनको एक सपिङ मलमा रुसको ड्रोन आक्रमण : १६ जनाको ज्यान गयो

युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह शहरको एक सपिङ मलमा रुसले ड्रोन आक्रमण गरेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०