"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भूमिसम्बन्धी पुराना मुद्दा टुङ्ग्याउन विशेष अभियान आवश्यक रहेको अख्तियारको भनाइ

Table of Content

काठमाण्डौ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भूमिसम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुङ्गयाउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । प्रमुख आयुक्त राईकाअनुसार तथ्य र प्रमाणको अभावमा भूमिसम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनिर्णित अवस्थामा रहेका छन् । पर्याप्त प्रमाण नजुटुन्जेल त्यस्ता मुद्दाहरूलाई न त तामेलीमा लैजान सकिने, न त अनुसन्धान नै टुङ्ग्याउन सकिने प्राविधिक जटिलता रहेको उहाँको भनाइ छ ।

ललिता निवास जस्ता गम्भीर प्रकृतिका जग्गा सम्बन्धी विवादहरू प्रमाणकै अभावमा निष्कर्षमा पुग्न कठिन हुने उहाँले बताउनुभयो ।  उहाँले भूमि सम्बन्धी ऐनको दफा २४ प्रयोग गरेर पुराना मुद्दाहरूलाई तार्किक निष्कर्षमा पु¥याउन सकिने आधार औँल्याउँदै त्यसका लागि पहल शुरु गरिएको समेत जानकारी दिनुभयो ।

भूमि सुधार मन्त्रालयको कार्यशैलीप्रति टिप्पणी गर्दै राईले वि.सं. २०२१ सालदेखिका हदबन्दी सम्बन्धी मुद्दाहरू अझै मन्त्रालयमा थन्किएर बसेको बताउनु भयो । हदबन्दी, नापजाँच र बाँडफाँडको काम समयमै सम्पन्न नहुँदा जग्गा कमाउने मोहीहरू पुस्ताौँदेखि अधिकारबाट वञ्चित भई मारमा परेको उहाँले उल्लेख गर्नुभयो ।

यो गम्भीर समस्या समाधानका लागि करिव १०० जनाको विशेष टोली बनाएर अभियानकै रूपमा काम अघि बढाउन आफूले मन्त्रालयलाई पटक–पटक सुझाव दिएको समेत उहाँले बताउनु भयो । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०