"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रौतहटमा अदालतबाट दोषी ठहरिएका १३ फरार प्रतिवादी पक्राउ

Table of Content

रौतहट । रौतहट प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले बुधबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत, गौरमा पेश गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेमा विद्युतीय अपराध, लागूऔषध, बिगो, चोरी, कुटपिट, चेक अनादर, अभद्र व्यवहार र बहुविवाहसम्बन्धी मुद्दाका प्रतिवादी छन्।

पक्राउ परेका १३ जनामाथि अदालतको फैसलाअनुसार कुल ५ वर्ष ३ महिना २३ दिन कैद तथा १ लाख १८ हजार रुपैयाँ जरिवाना असुलउपर गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विद्युतीय अपराध मुद्दामा २ महिना ७ दिन कैद र १० हजार रुपैयाँ जरिवाना, लागूऔषध मुद्दामा १ वर्ष १० महिना ६ दिन कैद तथा ९० हजार रुपैयाँ जरिवाना र बिगो मुद्दामा २ वर्ष कैद सजाय तोकिएको थियो।

त्यस्तै, चोरीसम्बन्धी कसुरमा १ महिना ८ दिन कैद र १० हजार रुपैयाँ जरिवाना, अभद्र व्यवहारमा २ महिना तथा बहुविवाह मुद्दामा १ वर्ष २ दिन कैद सजाय अदालतले सुनाएको थियो।

कुटपिट र चेक अनादरसम्बन्धी मुद्दामा भने अदालतको फैसलाअनुसार विभिन्न रकम जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

रौतहट प्रहरीले अदालतबाट फैसला भइसकेपछि पनि फरार रहेका प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियानलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने जनाएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०