"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीका चेपाङ समुदायलाई बस्तीमै नागरिकता वितरण गरिने

Table of Content

रत्ननगर । आर्थिक अभाव र भौगोलिक विकटताका कारण नागरिकताबाट बन्चित राप्तीका चार वटा वडाका बासिन्दालाई बस्तीमै पुगेर नागरिकता वितरण गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी गशेण अर्याल र राप्ती वडा नं ४ निवासी समाजसेवी दीपक गौगम सहितका युवाहरु बीच भएको छलफलमा राप्ती वडा नं. १०, ११, १२ र १३ का स्थानीय बासिन्दाहरूलाई बस्तीमै शिविर सञ्चालन गरि नागरिकता प्रदान गर्ने सहमति भएको हो । चार वटा वडाका अझै पनि करिब एक हजार जना नागरिकता पाउनबाट बन्चित रहेका छन् ।
भौगोलिक विकटता,आर्थिक अभाव र नाता सम्बन्धको झमेलाका कारण सीमान्तकृत चेपाङ सहित अन्य समुदायका मान्छेहरुले नागरिकता बनाउन नसकेको समाजसेवी गौतमले बताए । एक हप्ता भित्र विवरण संकलन गर्ने र १५ दिन भित्र बस्तीमै पुगेर सिडियो सावको नेतृत्वमा नागरिकता वितरण गर्ने सहमति भएको गौतमले जानकारी दिए ।

अन्तर्क्रियाका क्रममा प्रजिअ अर्यालले सम्बन्धित वडामै टोली पठाई नागरिकता वितरणको कार्यलाई छिट्टै सहज र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकहरूले नागरिकता बनाउन सदरमुकामसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिकको घरदैलोमै राज्यको सेवा पुर्‍याउने प्रयास गरिएकाे गौतमले बताए ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०