"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारद्वारा कार्यदल गठन

Table of Content

वीरगञ्ज । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने सम्भाव्यताबारे अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यदल गठन गरेको मन्त्रालयका मन्त्री गौरीकुमारी यादवको सचिवालयले जनाएको छ। कार्यदललाई कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्ने जिम्मेवारी दिइएको छ।

खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको वर्तमान अवस्था, विगतमा भएका सरकारी निर्णय, पुनः सञ्चालनका लागि यसअघि तयार भएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने कदमबारे कार्यदलले अध्ययन गर्नेछ।

कार्यदलले अध्ययन पूरा गरी १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ। कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सीडीई श्रीकान्त यादव रहेका छन्। सदस्यमा मन्त्रालयका शाखा अधिकृत तथा उद्योग विभागका अधिकृत प्रतिनिधि रहेका छन्।

कार्यदलले कारखाना परिसरमा रहेका भवन, कारखाना संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र तिनको उपयोगिताबारे समेत अध्ययन गर्नेछ।

पुराना संरचना तथा मेसिनरीको प्रयोगबाट कारखाना पुनः सञ्चालन गर्न सकिने अवस्था छ कि नयाँ प्रविधि र संरचना आवश्यक पर्छ भन्ने विषयलाई समेत अध्ययनको दायरामा राखिएको छ।

यस्तै, वीरगञ्ज चिनी कारखानाको स्वामित्वमा रहेको जग्गालगायत सम्पत्तिको अवस्थासमेत अध्ययन गरिने भएको छ। सम्पत्तिसँग सम्बन्धित समस्या पहिचान गरी समाधानका लागि आवश्यक कानुनी तथा व्यवस्थापकीय विकल्प तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ।

सरकारले लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखानालाई पुनः सञ्चालन गर्न सकिने सम्भावना, आवश्यक लगानी, संरचनागत अवस्था तथा व्यवस्थापकीय चुनौती पहिचान गर्ने उद्देश्यले अध्ययन अघि बढाएको हो।

कार्यदलको प्रतिवेदनका आधारमा कारखाना पुनः सञ्चालनका लागि आवश्यक लगानी, प्रविधि, व्यवस्थापन तथा कानुनी प्रक्रियाबारे निर्णय लिने सरकारको तयारी छ।

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा आएमा स्थानीयस्तरमा रोजगारी सिर्जना, औद्योगिक गतिविधि विस्तार तथा कृषि क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Screenshot 2026-08-17 164131

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारद्वारा कार्यदल गठन

वीरगञ्ज । वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने सम्भाव्यताबारे अध्ययन गर्न सरकारले...
meta_kkXrFO6sbr (2)

मेटाले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने

अमेरिकाका विभिन्न ३० वटा राज्यहरुले दायर गरेको मुद्दा मेटाले हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन...
Indra-baniya

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सोमबार राजीनामा दिएका छन् ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०