"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ट्रंकलाइनको महसुल उठाउन कुलमानले थाले हस्ताक्षर अभियान

Table of Content

काठमाडौँ । विद्युतमा लगाइएको कर हटाउन र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको बक्यौता रकम असुल गर्न दबाब दिने उद्देश्यले ‘उज्यालो नेपाल पार्टी’ ले देशव्यापी हस्ताक्षर अभियान सुरु गर्ने भएको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा आगामी भदौ १ गतेदेखि २४ गतेसम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न लागिएको हो। 

‘तपाईंको हस्ताक्षर, तपाईंको आवाज’ भन्ने नारासहित सञ्चालन हुन लागेको यस अभियानको उद्घाटन जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गर्ने कार्यक्रम तय गरिएको छ। अभियानको औपचारिक सुरुवात भदौ १ गते बिहान ११ बजे काठमाडौँको माइतीघर मण्डलाबाट गरिनेछ। 

उज्यालो नेपाल पार्टीको भ्रातृ सङ्गठन ‘युवा तथा खेलकुद महासङ्घ’ ले संयोजन गरेको यस कार्यक्रमले सरकारलाई विद्युत् महसुलको अर्बौँ बक्यौता उठाउन र सर्वसाधारणलाई मारमा पार्ने गरी विद्युतमा लगाइएको कर हटाउन बाध्य पार्ने लक्ष्य राखेको छ।

पछिल्लो समय डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादले निकै चर्चा पाइरहेका बेला यो राजनीतिक पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ।  अभियान अवधिभर सङ्कलन गरिएको हस्ताक्षर सरकारलाई बुझाएर आफ्ना मागहरू पूरा गर्न कडा दबाब दिने योजना पार्टीले सार्वजनिक गरेको छ।

सुशासन, समृद्धि र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाएको उज्यालो नेपाल पार्टीले यो अभियानमार्फत आम नागरिकको साथ खोजेको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०