"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बदलिँदो तीजको कथा बोकेको ‘जागिरे चेली’ सार्वजनिक

Table of Content

चितवन । नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीज नजिकिँदै गर्दा बदलिँदो समयसँगै तीजको रूप र महिलाहरूको जीवनशैलीमा आएको परिवर्तनलाई विषयवस्तु बनाइएको नयाँ तीज गीत जागिरे चेली’ सार्वजनिक भएको छ।

पछिल्लो समय तीज गीतमा आधुनिकता, मनोरञ्जन र नृत्यलाई प्राथमिकता दिइरहँदा जागिरे चेली’ले भने हिजोको तीज र आजको तीजबीचको फरकलाई सांगीतिक तथा दृश्यात्मक रूपमा प्रस्तुत गरेको छ।

गीतमा एउटा समयको सम्झना गराउँदै टाउकोमा डोको र काँधमा नाम्लो बोकेर घरधन्दा तथा मेलापातमा व्यस्त हुने चेलीहरू र अहिले शिक्षा तथा रोजगारीमा सक्रिय हुँदै आफ्नो छुट्टै पहिचान बनाइरहेका चेलीहरूबीचको परिवर्तनलाई प्रस्तुत गरिएको छ।

गीतका शब्द सुमित्रा डल्लाकोटीको रहेका छन् भने गीतमा बालिका तामाङ, निशा ढकाल र सुस्मिता तामाङ को आवाज रहेको छ।

गीतको भिडियोमा शान्ति मैनाली, सुमित्रा डल्लाकोटी, मीना सिटौला लगायतका कलाकारहरूको अभिनय रहेको छ। गीतलाई भण्डारा माविका महिला शिक्षकहरूद्वारा प्रस्तुत गरिएको हो।

गीतको निर्माण संगम फिल्म एण्ड प्रोडक्सन हाउस ले गरेको हो। गीतको कोरियोग्राफी गंगा महतोले गरेकाछन भने छायांकन, सम्पादन तथा निर्देशन बालकृष्ण खनाल ले गर्नुभएको हो।

‘जागिरे चेली’को भिडियोमा विगत र वर्तमानलाई एकसाथ प्रस्तुत गर्दै तीजको बदलिँदो स्वरूपलाई देखाइएको छ। एकातिर पुरानो समयका चेलीहरूको जीवन, डोको–नाम्लो र ग्रामीण परिवेशको झल्को पाइन्छ भने अर्कोतर्फ आजका जागिरे तथा व्यस्त चेलीहरूको जीवनशैलीलाई प्रस्तुत गरिएको छ।

गीतले केवल तीजको रमाइलो र मनोरञ्जनलाई मात्र प्राथमिकता दिएको छैन। समय परिवर्तनसँगै महिलाको जीवन, सोच, जिम्मेवारी र सामाजिक भूमिकामा आएको परिवर्तनलाई समेत गीतमार्फत उजागर गर्ने प्रयास गरिएको छ।

विशेषगरी रोजगारीका कारण घरपरिवारबाट टाढा रहेका चेलीहरू र आफ्नो जिम्मेवारी पूरा गर्दै चाडपर्वलाई सम्झिरहेका महिलाहरूको भावनालाई समेत गीतले समेटेको छ।

हिजो टाउकोमा डोको र काँधमा नाम्लो बोकेर तीज मनाउने चेलीहरू आज हातमा जागिरको जिम्मेवारी र आफ्नो भविष्यको सपना बोकेर अगाडि बढिरहेका छन्। यही परिवर्तनलाई जागिरे चेली’ ले सांगीतिक कथाका रूपमा प्रस्तुत गरेको छ।

यसरी हेर्दा ‘जागिरे चेली’ एउटा सामान्य तीज गीतभन्दा फरक रहेर पुरानो पुस्ताले भोगेको तीज र नयाँ पुस्ताले मनाइरहेको तीजबीचको अन्तरलाई सम्झाउने सांगीतिक प्रस्तुति बनेको छ।

समयसँगै तीजको रूप फेरिए पनि यसको मौलिकता, भावना र सांस्कृतिक पहिचान जोगाउनुपर्ने सन्देशसमेत गीतले दिएको छ। मनोरञ्जनसँगै महिला जीवन, सामाजिक परिवर्तन र बदलिँदो तीज संस्कृतिको कथा बोकेको ‘जागिरे चेली’ दर्शक तथा स्रोतामाझ प्रस्तुत गरिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०