"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

Table of Content

काठमाण्डौ — पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ । श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उहाँलाई बिनाआधार र कारण पक्राउ गरिएकाले तत्काल थुनामुक्त गर्न माग गर्नुभएको हो ।

वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाण्डौले तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले जनआस्था डटकममा प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर श्रेष्ठलाई अस्ति ललितपुरमा रहेको उहाँकै निवासबाट पक्राउ गरेको थियो ।

प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमको ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापा मारेर कम्प्युटरलगायत केही कागजातसमेत नियन्त्रणमा लिएको थियो । श्रेष्ठको पक्राउप्रति पत्रकार तथा सञ्चारसम्बद्ध संघसंस्थाले विरोध जनाएका छन् ।

समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै तत्काल रिहाइको माग गरिएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०