"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आज विश्व अंगदान दिवस, कानुनी व्यवस्था भए पनि अंगदान गर्नेहरु कम

Table of Content

काठमाण्डौ – आज विश्व अंगदान दिवस । मृत्युपछि आफ्नो अंग दान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष अगस्ट १३ मा यो दिवस मनाइन्छ ।

दिवसको अवसरमा भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लगायत स्वास्थ्य संस्थाहरूले अंगदानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दैछन् । नेपालमा अंग प्रत्यारोपणको कानुनी र प्राविधिक आधार विस्तार भए पनि आवश्यकताअनुसार अंग उपलब्ध हुन सकेको छैन ।

विशेषगरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्ने अभ्यास अझै कम छ । परिवारमा रहेको सामाजिक तथा धार्मिक भ्रम, अंगदानबारे पर्याप्त जानकारीको अभाव र अस्पतालबीचको कमजोर समन्वय यसका प्रमुख चुनौती मानिन्छन् । नेपालमा हरेक वर्ष हजारौँ मानिस मिर्गौला तथा अन्य महत्वपूर्ण अंगणको समस्याबाट प्रभावित हुने गरेका छन् ।

तर प्रत्यारोपणका लागि आवश्यक अंगणको अभावका कारण धेरै बिरामी उपचारको प्रतीक्षामा छन् । अहिले पनि नेपालमा हुने अधिकांश मिर्गौला प्रत्यारोपण जीवित नजिकका आफन्तबाट प्राप्त अंगमा निर्भर छ । यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेख्य सफलता हासिल गरेको छ । नेपाल आँखा बैंकमार्फत हजारौँ आँखाका नानी संकलन तथा प्रत्यारोपण भइसकेका छन्, जसबाट दृष्टिविहीन व्यक्तिले नयाँ ज्योति पाएका छन् ।

सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई ७५ हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । विज्ञहरूका अनुसार नेपालमा अंगदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०