"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सरकारले भन्याे– ‘हप्तामा २ दिन बिदा ठीक छ’

Table of Content

काठमाण्डाै – सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा दिने अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट पारेको छ ।

आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यस्तो जानकारी दिनुभएको हो । मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो ।

बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा २ दिन बिदा दिने निर्णय ‘असफल विधि’ भएको टिप्पणी गर्दै यसले शिक्षा, व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्‍याएको भनी प्रश्न गर्नुभयो ।

मन्त्री गौतमका अनुसार बिहान ९ बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवाग्राहीलाई सहजता भएको र कर्मचारीको मनोबल एवम् कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ । विशेषगरी आन्तरिक पर्यटकको सङ्ख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्‍याएको सरकारको दाबी छ ।

पूरक प्रश्नका क्रममा सांसद विश्वकर्माले २ दिने बिदाका कारण पाठ्यक्रम नसकिने जोखिम, विद्यार्थीमा बढ्न सक्ने असुरक्षा र सरकारी सेवामा आउने सुस्तताप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । यसको उत्तर दिँदै मन्त्री गौतमले शिक्षालाई विद्यालयको घेराभन्दा बाहिर समाज र सृजनशीलतासँग जोडेर हेर्नुपर्ने बताउनुभयो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...
blood_group_BXxRsRezXU

मानिसमा ४९औँ रक्त समूह प्रणाली पत्ता लाग्यो

बेलायत र इजरायलका वैज्ञानिकले मानिसमा नयाँ रक्त समूह प्रणाली पत्ता लगाएका छन् । वैज्ञानिकहरुले यसलाई...
fs_i2pYj6tfCr

रसुवा बाढीले निम्त्याएको विपद्‍बाट सिक्किमदेखि कश्मीरसम्मले के सिक्ने ?

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीसँगै हिमाली क्षेत्रमा विपद् पूर्वसूचनाको विद्यमान प्रणालीमाथि...
death-1783488169

धनुषाको रामानन्द चोकमा घरमा आगलागी हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको ज्यान...
nepali_congress_flag_zP1BwtPExZ

कांग्रेसले ४३ जिल्लामा वडा अधिवेशन सक्यो, ३१ जिल्लामा आज

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ  केन्द्रीय महाधिवेशनअन्तर्गत हिजो ४३ जिल्लाका तीन हजार ३९६ वडामा वडा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०