"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चिनियाँ रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फाेट

Table of Content

सञ्चार उपग्रह बोकेको चिनियाँ ‘लङ मार्च–सेभेन ए’ रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ ।

चीनको दक्षिणी प्रान्त हाइनानमा रहेको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार सोमवार राति ८ बजेर २ मिनेटमा प्रक्षेपण भएको रकेट विस्फोट भएको हो ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा प्राविधिक गडबडी देखिएपछि प्रक्षेपण असफल भएको हो । सार्वजनिक भएका भिडियोहरूमा रकेट आकाशमै विस्फोट भएको देखिएको छ ।

चीनले राष्ट्रपति सी जिनपिङले अघि सार्नुभएको ‘अन्तरिक्ष सपना’ पूरा गर्ने उद्देश्यले पछिल्ला वर्षमा अन्तरिक्ष कार्यक्रमका लागि अर्बाैँ डलर लगानी गर्दै आएको छ ।

पछिल्लो असफलताले चीनको तीव्र रूपमा अघि बढिरहेको अन्तरिक्ष कार्यक्रममाथि ध्यानाकर्षण भएको छ ।

चीनले सन् २०३० अघि चन्द्रमामा अन्तरिक्षयात्री पठाउने लक्ष्य राखेको छ । चीनको ‘लङ मार्च–सेभेन ए’ रकेट प्रक्षेपण असफल भएको यो पहिलो घटना भने होइन । यसअघि सन् २०२० मा प्रक्षेपण उडानका क्रममा प्राविधिक समस्या देखिएपछि यो कार्यक्रम रोकिएको थियो ।

चीनले अन्तरिक्ष अनुसन्धान, मानवसहितको अन्तरिक्ष अभियान र चन्द्र अन्वेषणलाई आफ्नो दीर्घकालीन रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउँदै आएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०