"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी

Table of Content

इरानको इस्लामिक रिभोलुसनरी  गार्ड्सले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज फेरि नखोल्ने चेतावनी दिएको छ । इरानी पक्षले युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति, प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका सम्पत्ति फुकुवा गर्ने तथा इरान र उसका सहयोगीविरुद्धका सैन्य कारबाही अन्त्य गर्नुपर्ने माग अघि सारेको छ ।

इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगाद्रले हर्मुज खोल्नुअघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको थियो । त्यसमा इरानसँगै लेबनान, प्यालेस्टाइन, यमन र इराकविरुद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने मागसमेत समावेश छ । इरानी रिभोलुसनरी गार्ड्सले हर्मुज अहिले सामान्य जलमार्ग नभई ‘युद्धको मैदान’ बनेको बताउँदै शत्रु पक्षले सबै शर्त स्वीकार नगरेसम्म जलमार्ग बन्द राख्ने रणनीति रहेको जनाएको छ ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग हर्मुज जलडमरूमध्यमा यातायात र व्यवस्थापनसम्बन्धी छलफल अन्तिम चरणमा पुगेको बताउनुभएको छ । तर हर्मुज खोल्ने विषय अन्य शर्त तथा सम्झौता उल्लङ्घनबाट भएको क्षतिको क्षतिपूर्तिसँग जोडिएको उहाँको भनाइ छ ।

इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको भने अस्वीकार गरेको छ । विदेशमन्त्री अराघचीका अनुसार दुवै पक्षबीच मध्यस्थकर्तामार्फत मात्र सन्देश आदानप्रदान भइरहेको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०