"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राष्ट्रियसभामा उठ्यो सुस्ताको सीमा विवाद,  सांसद चौधरीद्वारा कूटनीतिक पहल गर्न माग

Table of Content

काठमाडौँ । राष्ट्रियसभामा सुस्ताको सीमा विवादको विषय उठेको छ । सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद र भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

सोमबारको बैठकमा शून्य समयमा सांसद चौधरीले सुस्ता गाउँपालिका–५ को थारु टोलमा नेपाली भूमिमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँधलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काउन थालेपछि स्थानीय नागरिक र एसएसबीबिच विवाद उत्पन्न भएको जानकारी गराइन् । 

‘सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको अत्यन्तै संवेदनशील विषय हो,’ उनले भनिन्, ‘यस्तो अवस्थामा भावनात्मक प्रतिक्रियाभन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढङ्गले कूटनीतिक पहल गरी समाधान खोज्न म सरकारसँग माग गर्दछु।’

सांसद चौधरीले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको सुरक्षा र उनीहरूको दैनिक जनजीवनलाई सहज बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताइन् । उनले सुस्ता लगायतका सीमासम्बन्धी विवादहरूलाई छिमेकी राष्ट्रसँग उच्चस्तरीय कूटनीतिक संवादमार्फत नेपालको सार्वभौमिकता र राष्ट्रिय हित प्रतिकूल नहुने गरी दीर्घकालीन समाधान निकाल्न अनुरोध गरिन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pokhara-airport-1787662073

पोखरा–दुबई उडान दिगाे बनाउन पर्यटन व्यवसायीको अग्रसरता

कास्की – आउँदाे असोज ७ गतेदेखि शुरू हुने पोखरा–दुबई सीधा हवाई उडानलाई दिगो बनाउन पाेखराका पर्यटन...
thumb

बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री...
yatayat-bibhag_Fjtt36iW48

बालेन सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग, लाइसेन्सको फर्म भर्न तथा नवीकरणमा सास्ती

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिमैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गलपासो...
birganj-karakhana (1)

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०