"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नर्सका माग सम्बोधनमा सरकारको खोजी

Table of Content

काठमाडौँ । नर्सहरूको मुद्दामा सरकार गम्भीर नभएको र नीतिगत तवरबाट समस्या समाधानमा केन्द्रित नभएको भन्दै नर्सहरूले आज सोमबार वीर अस्पताल अगाडी प्रदर्शन गरेका छन् । उनीहरूले नर्समाथि श्रम शोषण हुँदासमेत सरकार मूकदर्शक बनेको भन्दै प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

759547128_2189339048290574_7732941346249253129_n

अनसनरत ज्योति रानाभाटले उठाएका मागहरूलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । आज रानाभाटको अनसनको पाँचौँ दिन हो । त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालका नर्सहरूले गुणस्तरीय नर्सिङ शिक्षा कायम हुनुपर्ने, बिरामी सुरक्षाको सुनिश्चितता हुनुपर्ने, सम्मानजनक सेवा सुविधा उपलब्ध हुनुपर्ने लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

760734355_1552606283067450_9172439359774458833_n

यसैबिच नेपाल चिकित्सक सङ्घले अनसनरत रानाभाटको जीवन रक्षाको माग गरेको छ । आज सोमबार विज्ञप्ति जारी गर्दै सङ्घले रानाभाटका जायज मागहरूलाई सम्बोधन गर्न सरकारसँग माग गरेको हो । अहिले रानाभाटको वीर अस्पतालको आइसियुमा उपचार जारी छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रानाभाटको मागका विषयमा वार्तामार्फत समाधान गर्न लागी परिरहेको बताएकी थिइन् । सरकारले नर्सका समस्यालाई दीर्घकालीन हल गर्नुपर्ने कार्यान्वयनसहितको सुनिश्चितताको खोजीमा आन्दोलनरत नर्स छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

RS_KTM-IMG_20260824_132639-1787571334 (1)

सामाजिक सञ्जाल, सडक हुँदै संसद्मा पनि खोजियो मृत्युदण्डको कानुन

काठमाण्डौ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् ।...
WhatsApp Image 2026-08-24 at 3.46.29 PM

राप्ती–७, वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा गरिमा चौधरीका लागि न्यायको माग

राप्ती नगरपालिका–७ वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा आज कक्षा केजीदेखि १० सम्मका विद्यार्थीहरूले बाराको सिमरामा बलात्कारपछि...
swarnim-bulb_twYD6nUHoI

विद्युत् महसुल घटाउने सरकारको तयारी : पुनरवलोकन समितिको म्याद थपिँदै

काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले...
simara-rape-accused-video_g7C0pxSeMm

सिमरा घटना : आरोपीको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ

वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा...
1787556667-qL72S

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

नवलपुर : गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०