"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नेफिन खैरहनीमा दोहोरिए पुन

Table of Content

खैरहनी । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) खैरहनी समितिमा पुनः हरि पुन दोहोरिएका छन् । आइतबार सम्पन्न दोस्रो अधिवेशनमा पुनको नेतृत्वमा नयाँ समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, विष्णुबहादुर कुमाल, काली थरुनी र सोविता थापामगर चयन भएका छन् ।

सचिवमा प्रेमनारायण जोशी, सहसचिवमा डिलमाया गुरूङ, लोकबहादुर आलेमगर, सविता भुजेल, मङ्गलीमाया तामाङ र कोषाध्यक्षमा प्रेमलाल दरै चयन भएका निर्वाचन समितिका संयोजक एवम् नेफिन चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठले बताए । उनका अनुसार हाल ११ सदस्यीय पदाधिकारी चयन गरिए पनि कार्यसमिति सदस्यहरुमा भने आदिवासी जनजाति महासंघअन्तर्गत रहेका १६ वटा जातीय संघसंस्थाबाट मनोनयन गरिने छ ।

आदिवासी जनजाति महासंघ जिल्ला समिति चितवनले सबै पालिकामा अधिवेशन गर्दै नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको जनाएको छ । कालिका नगर समिति चयनपछि खैरहनी नगर समिति चयन गरिएको नेफिन चितवनका अध्यक्ष सागर कुमालले बताए । निष्क्रिय भएका समितिलाई सक्रिय बनाउने र कार्यकाल सकिएको समितिलाई अधिवेशन गर्न ताकेता गर्दै आएको उनले बताए ।

नेफिनले यही साउन २४ गते विश्व आदिवासी दिवस भव्यताका साथ मनाउन गइरहेको हुँदा उक्त कार्यक्रमलाई सफल तुल्याउन पनि नगर समितिको भूमिका अपरिहार्य रहेको उनले बताए ।

अधिवेशनको खुला सत्रमा भने नेफिनका केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधि सहभागी थिए । नेफिनका सङ्घीय परिषद् सचिव महेन्द्र दुराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेफिन चितवनका पूर्वअध्यक्ष एवम् सल्लाहकार पदमबहादुर गुरूङ, सल्लाहकार प्रेम भुजेललगायतले पनि शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा आदिवासी जनजाति समुदायसम्बद्ध जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

RS_KTM-IMG_20260824_132639-1787571334 (1)

सामाजिक सञ्जाल, सडक हुँदै संसद्मा पनि खोजियो मृत्युदण्डको कानुन

काठमाण्डौ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् ।...
WhatsApp Image 2026-08-24 at 3.46.29 PM

राप्ती–७, वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा गरिमा चौधरीका लागि न्यायको माग

राप्ती नगरपालिका–७ वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा आज कक्षा केजीदेखि १० सम्मका विद्यार्थीहरूले बाराको सिमरामा बलात्कारपछि...
swarnim-bulb_twYD6nUHoI

विद्युत् महसुल घटाउने सरकारको तयारी : पुनरवलोकन समितिको म्याद थपिँदै

काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले...
simara-rape-accused-video_g7C0pxSeMm

सिमरा घटना : आरोपीको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ

वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा...
1787556667-qL72S

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

नवलपुर : गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०