"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मनसुन फेरि सक्रिय : आज कोशी, बागमती र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Table of Content

काठमाण्डौ — मनसुन फेरि सक्रिय भएको छ । हिजो मध्य र पश्चिम तराईका धेरै ठाउँ तथा गएराति मध्य र पूर्वी क्षेत्रका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज विशेषगरी तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । अरु पहाडी र तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । काठमाण्डौ उपत्यकामा पनि थप वर्षाको सम्भावना छ ।

 आजराति पनि कोशी, बागमती र गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय रहेको हुँदा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले भोलि बिहानसम्म नै सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

विशेषगरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन अनुरोध गरिएको छ । यात्रा गर्नुअघि सडक र मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न महाशाखाले आग्रह गरेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pokhara-airport-1787662073

पोखरा–दुबई उडान दिगाे बनाउन पर्यटन व्यवसायीको अग्रसरता

कास्की – आउँदाे असोज ७ गतेदेखि शुरू हुने पोखरा–दुबई सीधा हवाई उडानलाई दिगो बनाउन पाेखराका पर्यटन...
thumb

बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री...
yatayat-bibhag_Fjtt36iW48

बालेन सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग, लाइसेन्सको फर्म भर्न तथा नवीकरणमा सास्ती

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिमैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गलपासो...
birganj-karakhana (1)

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०