"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पासपोर्ट दुरुपयोगमा खुकुलो प्रावधानसहितको विधेयक दर्ता, सजायमा व्यापक हेरफेर

Table of Content


काठमाडौँ ।
सरकारले राहदानी दुरुपयोगसम्बन्धी कसुरमा हुने सजायमा व्यापक हेरफेरको प्रस्तावसहित राहदानी विधेयक संसदमा दर्ता गरेको छ ।

राहदानी ऐन–२०७६ ले राहदानी दुरुपयोगमा दुई लाखदेखि पाँचलाख रुपैयाँसम्म जरिबाना वा एकदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । 

अर्थात् राहदानी दुरुपयोग भएको ठहर भएमा विद्यमान ऐनअनुसार अधिकतम सजाय पाँच लाख जरिबाना र तीन वर्ष कैदसम्म हुनसक्छ ।

तर, संशोधनका लागि संसद्मा दर्ता विधेयकले अब नक्कली वा किर्ते नागरिकता, राष्ट्रिय परिचयपत्र वा नाबालिग परिचयपत्र प्रयोग गरी राहदानी वा यात्रा अनुमतिपत्र लिएको कसुरबाहेकमा विभागबाटै जरिबाना गरी अभियोगबाट उन्मुक्ति दिने प्रावधान प्रस्ताव गरेको छ ।

विगतमा झुट्टा विवरण प्रयोग गर्ने मात्र उल्लेख थियो । तर, त्यसमा विस्तृत प्रावधान प्रस्ताव गरिएको छ । दोहोरो नागरिकता भएका नागरिकले राहदानी लिएको अवस्थालाई पनि कसुर मानिने उल्लेख छ । 

तर, त्यस्तो कसुरमा राहदानी विभागका महानिर्देशकले जरिबाना गरेर अभियुक्तलाई अभियोगबाट उन्मुक्ति दिनसक्ने प्रावधान प्रस्ताव गरिएको छ ।

महानिर्देशकलाई कुन अभियोगमा कति जरिबाना गर्ने भन्नेमा मस्यौदा मौन छ । त्यसैले महानिर्देशकले तजविजी अधिकार प्रयोग गर्न सक्ने बाटो खुला गरेको छ ।

“उपदफा (१) को खण्ड (ख), (ग) वा (घ) बमोजिम सजाय हुने कसुरको हकमा तोकिए बमोजिमको कार्यविधि अवलम्बन गरी विभागको महानिर्देशकले जरिबाना गर्न सक्नेछ,’’ दफा २१ मा थपिएको उपदफा (३) मा भनिएको छ ।

शक्तिसँग विधेयकको सम्बन्ध

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अमेरिकी नागरिक हुँदै नेपालको निस्क्रिय भइसकेको पुरानो नागरिकता प्रयोग गरी राहदानी बनाएको कसुरमा सर्वोच्चमा मुद्दा विचाराधीन छ । 

उक्त कसुर फौजदारी अभियोग भए पनि नेपाल सरकारका तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचल्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

सुरुमा अदालत प्रशासनले समेत दरपीठ (खारेज) गरिदिएको उक्त रिट न्यायिक आदेशबाट दर्ता भई विचाराधीन छ ।

तर, रास्वपाको सरकारका परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा दर्ता गराएको संशोधन विधेयकमा त्यस्ता अभियोगलाई फौजदारी अभियोग नहुने प्रावधान समेटिएको छ ।

रोचक पक्ष त के छ भने विगतका सजायसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ । तर, त्यसमा थप व्याख्या गर्दै कुन–कुन कसुरलाई महानिर्देशकले जरिबाना मात्र गरेर उन्मुक्ति दिने भन्दै थप व्याख्या गरिएको छ । 

दफा २९ मा रहेको ‘नेपाल सरकार वादी हुने र मुद्दा फौजदारी अभियोग अन्तर्गत चल्ने’ भन्ने व्यवस्था संशोधन गर्दै दोहोरो नागरिकतावाहकले राहदानी लिँदा, अर्काको नामको वा किर्ते नागरिकता, राष्ट्रिय परिचय पत्र वा नावालक परिचय पत्रमार्फत राहदानी लिँदा, आफ्नो राहदानी अरुलाई प्रयोग गर्न दिँदा वा अर्काको राहदानी प्रयोग गर्दा र अधिकार प्राप्त व्यक्तिबाहेकले अर्काको राहदानी अनुमतिबेगर नियन्त्रणमा राख्दासमेत फौजदारी अभियोगबाट उन्मुक्ति दिने प्रस्ताव समेटिएको छ  । 

“मूल ऐनको दफा २९ मा रहेका ‘यस ऐन अन्तर्गत सजाय हुने कसुर’ भन्ने शब्दहरूको सट्टा ‘दफा २२ को उपदफा (३) बमोजिम महानिर्देशकले जरिबाना गर्न सक्ने कसुरबाहेक यस ऐन अन्तर्गत सजाय हुने अन्य कसुर’ भन्ने शब्दहरू राखिएका छन्,’’ विधेयकमा भनिएको छ ।

यससँगै अब राहदानीसम्बन्धी कसुर फौजदारी कसुरको रूपमा नै नरहने संकेत विधेयकले गरेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०