"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

Table of Content

काठमाण्डाै – सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७) को कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा रणनीतिमा समावेश सुधारका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न जिम्मेवार निकाय, कार्यसम्पादनका चरण, समयसीमा, अपेक्षित उपलब्धि, कार्यसम्पादन सूचक तथा प्रमुख उपलब्धिका आधार निर्धारण गरिएको छ ।

कार्ययोजना मन्त्रालय, विभाग, आयोग, कार्यालय तथा अन्य सरोकार भएका निकायको सहभागिता र परामर्शका आधारमा तयार गरिएको दस्तावेजमा जनाइएको छ ।

सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि संस्थागत समन्वय, स्वामित्व र जवाफदेहितालाई महत्त्व दिइएको छ ।

कार्ययाेजनाको प्रभावकारी कार्यान्वयन तथा नियमित अनुगमनका लागि अर्थ मन्त्रालयले अनुगमन, मूल्याङ्कन तथा सिकाइ योजना (२०८३–२०८७) पनि तयार गरेको छ ।

योजनाअनुसार नतिजा शृङ्खला, कार्यसम्पादन सूचक, तथ्याङ्कक स्रोत, प्रतिवेदन प्रणाली तथा संस्थागत सिकाइका माध्यमबाट सुधार कार्यक्रमको प्रगति मापन गरिनेछ ।

कार्ययोजनाले सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका कार्यक्रमलाई नतिजामुखी बनाउनुका साथै प्रगतिको नियमित अनुगमन, मूल्याङ्कन तथा जवाफदेहिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ । यसबाट सार्वजनिक स्रोतको प्रभावकारी परिचालन, वित्तीय अनुशासन, सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार आउने सरकारकाे अपेक्षा छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

photo-4_f0bd92f3

गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भवः गृहमन्त्री

काठमाडौं, भदौ ६- गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको...
aandolan_CVLQiweb5a_m1DadpA4I0

‘कहिले सुरक्षित हुन्छन् हाम्रा छोरी ?’

काठमाडौं : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै...
death_JvuG08585c_zhovlXx9fv

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा, ५ भदौ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको...
Bipad_Pradhiran_IuUQHvxqJA

चार महिनामा विपद्का पाँच हजारभन्दा धेरै घटना, २५० जनाको ज्यान गयो

काठमाण्डौ — बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी पाँच हजारभन्दा धेरै विपद्जन्य घटना भएका...
tu-sewa-aayog_0AJHkS1oaQ

फर्जी कागजात पेस गरेका उम्मेदवार उपप्राध्यापकमा सिफारिस !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगबाट सञ्चालित सामाजिक अध्ययन विषयको उपप्राध्यापक पदको सिफारिसमाथि प्रश्न...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०