"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै अमेरिकाद्वारा विदेशी रोबोटको आयातमा प्रतिबन्ध

Table of Content


काठमाडौं ।
अमेरिकाले राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै रोबोटको आयातमा प्रतिबन्ध लगाएको छ । अमेरिकाले ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।

यो प्रतिबन्ध ह्युमनोइड र चारखुट्टे रोबोटहरूसहित अत्याधुनिक रोबोटहरूमा लागु हुनेछ । यीमध्ये धेरैजसो रोबोट चीनमा उत्पादन हुने गरेका छन् । चीन अहिले रोबोटिक्स र एआईको विकासमा अमेरिकासँग तीव्र प्रतिस्पर्धामा छ ।

यसैबीच, अमेरिकी अर्थतन्त्र र महत्वपूर्ण पूर्वाधारमा सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै अमेरिकाको फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी)ले डाटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टर उपकरणको आयातमा पनि प्रतिबन्ध लगाएको छ । 

एफसीसीले यी उपकरणहरूलाई आफ्नो ‘कभर्ड लिस्ट’मा समावेश गरेको छ । यो सूचीमा अमेरिकी राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण ठानिएका वस्तु तथा सेवाहरू राखिने गर्छ ।

एफसीसीबाट यसअघि नै स्वीकृति प्राप्त गरिसकेका मोडलहरूको आयात वा बिक्रीमा भने यसले असर पार्ने छैन । 

ट्रम्प प्रशासनले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँगको व्यापार असन्तुलनलाई सम्बोधन गर्ने प्रयास गरिरहेका बेला चिनियाँ निर्यातमाथि अमेरिकी निगरानी थप कडा बनाइएको छ ।

यसअघि पनि अमेरिकाले  चीनको सैन्य आधुनिकीकरणको गति सुस्त बनाउने तथा एआई क्षेत्रमा अमेरिकाको अग्रता कायम राख्ने उद्देश्यले चीनलाई अत्याधुनिक अमेरिकी सेमिकन्डक्टर बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।
 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

photo-4_f0bd92f3

गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भवः गृहमन्त्री

काठमाडौं, भदौ ६- गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको...
aandolan_CVLQiweb5a_m1DadpA4I0

‘कहिले सुरक्षित हुन्छन् हाम्रा छोरी ?’

काठमाडौं : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै...
death_JvuG08585c_zhovlXx9fv

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा, ५ भदौ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको...
Bipad_Pradhiran_IuUQHvxqJA

चार महिनामा विपद्का पाँच हजारभन्दा धेरै घटना, २५० जनाको ज्यान गयो

काठमाण्डौ — बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी पाँच हजारभन्दा धेरै विपद्जन्य घटना भएका...
tu-sewa-aayog_0AJHkS1oaQ

फर्जी कागजात पेस गरेका उम्मेदवार उपप्राध्यापकमा सिफारिस !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगबाट सञ्चालित सामाजिक अध्ययन विषयको उपप्राध्यापक पदको सिफारिसमाथि प्रश्न...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०