"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

फ्रान्स र स्पेनमा भीषण डढेलो, साढे २ लाखभन्दा बढी मानिस विस्थापित

Table of Content

फ्रान्स र स्पेनमा नियन्त्रणबाहिर फैलिएको भीषण डढेलोका कारण दुवै देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्।

लगातारको गर्मी, जलवायु परिवर्तन र तीव्र हावाका कारण आगो झन् तीव्र बनेपछि उद्धार र नियन्त्रणका प्रयासहरू चुनौतीपूर्ण बनेका छन्।

स्पेनमा करिब ७० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने फ्रान्समा १ लाख ९७ हजार मानिस विस्थापित भएका छन्।

तीमध्ये ठूलो संख्या दक्षिणपश्चिमी वाइन उत्पादनका लागि प्रसिद्ध बोर्डो क्षेत्रका बासिन्दा हुन्।

डढेलोको गम्भीर अवस्थालाई मध्यनजर गर्दै स्पेनले इतिहासमै पहिलोपटक डढेलोकै कारण राष्ट्रिय आपतकाल घोषणा गरेको छ।

उता फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यसलाई सम्भवतः देशको शान्तिकालकै सबैभन्दा ठूलो सामूहिक विस्थापन भनेका छन्।

दुवै देशमा सयौं अग्निनियन्त्रक आगो नियन्त्रणमा खटिए पनि डढेलो रोक्न सफल भएका छैनन्। स्पेनमा तीव्र हावाले आगो झन् फैलाएको छ भने शुक्रबार तीनमध्ये दुईवटा ठूलो डढेलो एकआपसमा मिसिएका छन्।

फ्रान्सको दक्षिणपश्चिमी गिरोन्द क्षेत्रको आगो नियन्त्रणका लागि सरकारले विशाल सैन्य मालवाहक विमान एयरबस ए ४००एम एटलस परिचालन गरेको छ। यसअघि नै १८ वटा विमान आगो निभाउने अभियानमा संलग्न थिए।

फ्रान्स सरकारले सेनालाई समेत परिचालन गर्दै १ हजार ५ सय सैनिक खटाएको छ। धुवाँबाट नागरिकलाई जोगाउन १५ लाख फेस मास्क वितरण गरिएको छ।

अग्निनियन्त्रकहरूले डढेल फैलिन नदिन खाल्डाहरू खन्ने, अग्निरोधी रसायन छर्कने लगायतका उपाय अपनाइरहेका छन्। मौसमविद्हरूले हावाले आगो बोर्डोतर्फ धकेल्ने चेतावनी दिएका छन्। हाल डढेलो बोर्डो शहरबाट करिब २० माइल पश्चिममा पुगेको बताइएको छ।

सरकारले बोर्डोको पश्चिमी उपनगरसहित आगोको जोखिम क्षेत्रमा रहेका सबैलाई तत्काल घर छाड्न आदेश दिएको छ। प्रहरी घर–घर पुगेर मानिसहरूलाई बाहिर निकालिरहेका छन्। धुवाँले आकाश कालो बनेपछि धेरै स्थानमा त्रासपूर्ण अवस्था सिर्जना भएको छ।

गिरोन्द क्षेत्रकी प्रिफेक्ट सोफी ब्रोकासका अनुसार तीव्र हावाका कारण आगो बोर्डो महानगर क्षेत्रतर्फ बढिरहेको छ र यसको आकार अभूतपूर्व स्तरमा पुगेको छ।

अधिकारीहरूका अनुसार आगो एक्कासि फैलिएकाले स्थानीय बासिन्दा र प्रशासन दुवै अचम्ममा परेका थिए। फ्रान्सका केही तटीय क्षेत्रमा आगो समुद्रतर्फ पुगेपछि मानिसहरूले डुंगाबाट भागेर ज्यान जोगाउनुपरेको थियो।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले गिरोन्दको आगो यति शक्तिशाली बनेको बताए कि यसले आफ्नै हावाको बहाव सिर्जना गर्न थालेको छ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाम्रो देशमा लागेको डढेलो अहिलेसम्म कहिल्यै नदेखिएको स्तरमा पुगेको छ। हाम्रो पहिलो प्राथमिकता मानव जीवनको सुरक्षा हो।’

उनले नागरिकलाई ढिलाइ नगरी तत्काल उद्धार आदेश पालना गर्न आग्रह गरेका छन्।

उता स्पेनकी स्वास्थ्य मन्त्री मोनिका गार्सियाले राजधानी म्याड्रिडका बासिन्दालाई खराब वायु गुणस्तरका कारण सकेसम्म घरबाहिर ननिस्कन आग्रह गरेकी छन्।

‘शारीरिक गतिविधि नगर्नुहोस् र बाहिर धेरै समय नबस्नुहोस्। यदि धुवाँ वा खरानी भएको क्षेत्रमा जानुपरे मास्क प्रयोग गर्नुहोस्,’ उनले एक्समा लेखेकी छन्।

शनिबार साँझ स्पेनको आन्तरिक मन्त्रालयले भ्यालेन्सियाको मानिसेस क्षेत्रमा लागेको छुट्टै डढेलोमा एक पुरुषको मृत्यु भएको पुष्टि गरेको छ। उनी खोल्सामा रहेको कारभित्र मृत अवस्थामा फेला परेका थिए।

अधिकारीहरूका अनुसार यो घटना म्याड्रिडको पश्चिमतर्फ फैलिएको मुख्य डढेलोसँग सम्बन्धित होइन। मुख्य डढेलोमा अहिलेसम्म मानवीय क्षतिको पुष्टि भएको छैन।

युरोपमा लगातार आएका गर्मीका लहरहरूले जंगलहरू अत्यधिक सुख्खा बनाएको छ, जसका कारण सामान्य झिल्काले पनि भीषण डढेलोको रूप लिने अवस्था सिर्जना भएको विज्ञहरूले बताएका छन्।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजका अनुसार यस वर्ष मात्रै स्पेनमा करिब १ लाख ३० हजार हेक्टर जंगल जलेको छ। फ्रान्समा पनि यस वर्ष ९८ हजार हेक्टरभन्दा बढी जंगल डढेको छ।  

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी, लामो खडेरी र चरम मौसमी घटना बढिरहेका छन्।

यसले माटो र नदी–नालामा पानी सुकाउँदै डढेलोको जोखिम बढाएको छ। उनीहरूका अनुसार युरोप विश्व औसतभन्दा झण्डै दोब्बर गतिमा तातिरहेको छ।

सान्चेजले शनिबार तापक्रम केही घटेकाले अग्निनियन्त्रकलाई आगो नियन्त्रण गर्ने अवसर मिलेको बताए। तर उनले हावाको गति र दिशाबारे अझै अनिश्चितता रहेकाले आगामी केही घण्टा निकै चुनौतीपूर्ण हुने चेतावनी दिए।

डढेलो नियन्त्रणका लागि युरोपका अन्य देशहरूले पनि सहयोग गरिरहेका छन्। क्रोएसिया, चेक गणतन्त्र, ग्रीस, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल र स्लोभाकियाले पानी बोक्ने विमानसहित उद्धार सामग्री फ्रान्स र स्पेन पठाएका छन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789126058

न्युयाेर्कमा सेप्टेम्बर ११ आक्रमणको २५औँ स्मृति दिवस

अमेरिकाको न्युयोर्क शहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्कवादी आक्रमणको २५औँ वार्षिकोत्सव आज मनाउँदैछ...
balen-shah-1786784298

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र...
2e939326-b9a7-4228-bcc4-1723cfb91c82

भण्डारा माविका विद्यार्थीले बाढीपीडितलाई ५० हजार १०० रुपैयाँ सहयोग

चितवन । रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि भण्डारा माध्यमिक विद्यालयका...
Sajhedari-Daily_20260911_114753_0000-860x487 (1)

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका...
WhatsApp Image 2026-09-11 at 3.59.36 PM

लागूऔषध दुर्व्यसनविरुद्ध सुनगाभा कलेज/डेजी स्कुलका विद्यार्थीलाई सचेतना

चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०