"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नारायणी अस्पतालमा उपचाररत चिकित्सकमाथि आक्रमण, डा. प्रमोद राम आईसीयूमा

Table of Content

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न तनावका बीच उपचारमा संलग्न एक चिकित्सकमाथि आक्रमण भएको छ।

वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारका क्रममा मृत्यु भएपछि चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै आफन्त र स्थानीयवासीले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए।

सोही क्रममा उपचारमा संलग्न चिकित्सक डा. प्रमोद राममाथि केही अराजक व्यक्तिहरूले हेल्मेट र ढुङ्गाले टाउको तथा शरीरमा प्रहार गरेको जनाइएको छ। आक्रमणबाट गम्भीर घाइते भएका डा. रामलाई तत्काल उपचारका लागि नारायणी अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ।

घटनापछि अस्पताल परिसर केही समय तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो।

स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले गम्भीर आपत्ति जनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। उनीहरूले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन्।

यस घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789126058

न्युयाेर्कमा सेप्टेम्बर ११ आक्रमणको २५औँ स्मृति दिवस

अमेरिकाको न्युयोर्क शहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्कवादी आक्रमणको २५औँ वार्षिकोत्सव आज मनाउँदैछ...
balen-shah-1786784298

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र...
2e939326-b9a7-4228-bcc4-1723cfb91c82

भण्डारा माविका विद्यार्थीले बाढीपीडितलाई ५० हजार १०० रुपैयाँ सहयोग

चितवन । रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि भण्डारा माध्यमिक विद्यालयका...
Sajhedari-Daily_20260911_114753_0000-860x487 (1)

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका...
WhatsApp Image 2026-09-11 at 3.59.36 PM

लागूऔषध दुर्व्यसनविरुद्ध सुनगाभा कलेज/डेजी स्कुलका विद्यार्थीलाई सचेतना

चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०