"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा

Table of Content

नयाँ दिल्ली — नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशव्यापी रूपमा फैलिएको आन्दोलन र चौतर्फी दबाबपछि केन्द्रीय मन्त्री धमेन्द्र प्रधानले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी संगठन र विपक्षी दलहरूको लगातारको विरोध प्रदर्शनपछि उनको राजीनामा आएको हो। आन्दोलनरत पक्षले मन्त्री प्रधानलाई केन्द्रीय मन्त्रिपरिषद्बाट हटाउनु पर्ने मुख्य माग राख्दै आएका थिए।

यसैबीच, कक्रोच जनता पार्टी (सीजेपी) र केन्द्र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। प्रदर्शनकारीहरूका केही प्रमुख मागहरूप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको बताइएको छ। 

केन्द्रीय मन्त्री जेपी नड्डाले सरकारभित्र आन्दोलनरत पक्षका मागहरूको बारेमा आन्तरिक छलफल भएपछि आइतबार दिउँसो सीजेपीसँग तेस्रो चरणको वार्ता हुने जानकारी दिएका छन्।

सीजेपीका संस्थापक अभिजित् दिपकेले प्रधानको राजीनामालाई ठूलो जितको रूपमा व्याख्या गरेका छन् । प्रधानको राजीनामाको खबरसँगै जन्तरमन्तरमा प्रदर्शनकारीहरूले खुसीयाली मनाउन थालेका छन्।

उनीहरूले ‘कक्रोच जितेको छ, लोकतन्त्रले जितेको छ’ भन्दै नाराबाजी गरेका छन् दिपकेले यो परिणामले देश संविधानद्वारा चल्छ भन्ने कुरा प्रमाणित गरेको बताएका छन् । उनले थपे,’ “यो त केवल सुरुवात मात्र हो।’

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

photo-4_f0bd92f3

गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भवः गृहमन्त्री

काठमाडौं, भदौ ६- गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको...
aandolan_CVLQiweb5a_m1DadpA4I0

‘कहिले सुरक्षित हुन्छन् हाम्रा छोरी ?’

काठमाडौं : तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै...
death_JvuG08585c_zhovlXx9fv

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा, ५ भदौ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा भेटिएको...
Bipad_Pradhiran_IuUQHvxqJA

चार महिनामा विपद्का पाँच हजारभन्दा धेरै घटना, २५० जनाको ज्यान गयो

काठमाण्डौ — बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी पाँच हजारभन्दा धेरै विपद्जन्य घटना भएका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०