"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हदबन्दीभन्दा बढी जग्गाको स्थलगत अनुगमन शुरु

Table of Content

काठमाण्डौ – भूमि व्यवस्थापन तथा अभिलेख विभागले नेपाल सरकारको स्वीकृतिमा हदबन्दीभन्दा बढी जग्गा खरिद गरेका वा स्वामित्वमा राखेका कम्पनी, उद्योग, प्रतिष्ठान, आयोजना तथा संस्थाको स्थलगत अनुगमन सुरु गरेको छ।

विभागले देशभरका ४० जिल्लास्थित भूमि प्रशासन (मालपोत) कार्यालयलाई पत्राचार गर्दै सम्बन्धित संस्थाले स्वीकृत उद्देश्यअनुसार जग्गाको उपयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलगत निरीक्षण गर्न निर्देशन दिएको हो। यसअघि पटक–पटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयबाट विवरण प्राप्त नभएकाले विभागले अनुगमन तथा निरीक्षण समितिलाई फिल्डमै खटिएर वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदन पेश गर्न पुनः निर्देशन दिएको जनाएको छ।

भूमिसम्बन्धी ऐनअनुसार हदबन्दीभन्दा बढी जग्गा राख्न नेपाल सरकारको स्वीकृति प्राप्त उद्योग, कम्पनी, शिक्षण संस्था तथा अन्य संघ–संस्थाको नियमित अनुगमन गर्नुपर्ने कानुनी व्यवस्था छ। ऐनले प्रत्येक आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र स्थानीय तहसँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्थाको निरीक्षण गरेर विभागमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ।

विभागले सम्बन्धित कार्यालयलाई ढिलाइ नगरी अनुगमन सम्पन्न गर्न तथा स्वीकृत प्रयोजनअनुसार जग्गा प्रयोग भए–नभएको स्पष्ट विवरणसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। यस अनुगमनबाट स्वीकृत उद्देश्यविपरीत प्रयोग भएका वा उपयोगविहीन अवस्थामा रहेका जग्गाको वास्तविक अवस्था समेत उजागर हुने अपेक्षा गरिएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mustang-1789365165

मुस्ताङमा हुन लागेको घरपझोङ जलवायु सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाण्डौ – हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने दुई दिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’...
teej-2076-9-0292019064909_0KbwKCF1SJ

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड : चारै ढोका खुला

काठमाण्डौ – आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथको...
808052775_122108694309464902_4180526666920376324_n-1789350374

टी–२० मा अफगानिस्तानमाथि भारतको सहज जीत

काठमाण्डौ – भारतले अफगानिस्तानलाई पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले हराएको छ । नयाँ दिल्लीको...
balbalika-1789351147

‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ नाराका साथ बालअधिकार दिवस मनाइँदै

काठमाण्डौ – आज राष्ट्रिय बाल अधिकार दिवस, ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नाराका साथ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०