"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बारामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिने बालिकाको मृत्यु

Table of Content

बारा, ०४ साउन । बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर एक १८ महिने बालिकाको मृत्यु भएको छ।

महागढीमाई नगरपालिका-९ बलुवा निवासी राजिन्द्र महतोकी १८ महिने छोरी लालु कुमारी महतो आफ्नो मामा घर आएकी थिइन्। आइतबार साँझ करिब ५ः३० बजे मामा घरपछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा उनी अचानक डुबेकी हुन्।

घटनापछि बालिकाको शव मामा घरमा ल्याइएको जानकारी साँझ ६ः१५ बजे प्रहरी चौकी बड्कीफुलबरियामा प्राप्त भएको थियो। खबर पाउनासाथ प्रहरी सहायक निरीक्षक रामविध्या साहको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर सुरक्षा दिएको थियो।

घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा मुचुल्का टोली खटिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rastriya-sabha-1

गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ

५ भदौ, काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले...
bodhnarayan-shrestha-1787296353

संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको उजुरी

काठमाण्डाै – संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ ।...
nrb_SUlch7i9la

राष्ट्र बैंकको गभर्नर र सञ्चालकको योग्यतासम्बन्धी प्रावधान परिमार्जन गरिँदै

काठमाण्डाै – सङ्घीय संसद्को अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गभर्नर तथा सञ्चालकहरूको...
mastarni-1787283118

आजदेखि ‘मास्टर्नी’ प्रदर्शनमा

काठमाण्डाै —  अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा आएको छ। आयंका फिल्म्सको प्रस्तुतिमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०