"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

घरजग्गा कारोबारबाट असारमा सर्वाधिक ११ अर्ब ९४ करोड रुपैयाँ राजस्व सङ्कलन

Table of Content


काठमाण्डौ —
घरजग्गा कारोबारबाट गएको आर्थिक वर्ष २०८२/८३ को असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्षकै सबैभन्दा उच्च मासिक राजस्व हो ।

विभागले सार्वजनिक गरेको विवरण अनुसार वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो, जुन वर्षकै दोस्रो उच्च मासिक राजस्व हो । चैतमा ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ , जेठमा ५ अर्ब २४ करोड ४२ लाख रुपैयाँ, पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ, माघमा ५ अर्ब ९९ लाख रुपैयाँ , मङ्सिरमा ४ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ तथा फागुनमा ४ अर्ब १४ करोड ९५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

आर्थिक वर्षको सुरुआती महिनामा भने राजस्व अपेक्षाकृत कम थियो । साउनमा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ , भदौमा ३ अर्ब १४ करोड ७ लाख रुपैयाँ , असोजमा २ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ र कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

विभागका अनुसार साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमार्फत लागू हुने भएपछि कर वृद्धि हुनुअघि नै कारोबार गर्ने प्रवृत्ति बढेको थियो । त्यसकै प्रभावस्वरूप असार महिनामा घरजग्गा किनबेच उल्लेख्य रूपमा बढ्दा राजस्व सङ्कलन पनि उच्च भएको विभागको निष्कर्ष छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen-shah-1786784298

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र...
2e939326-b9a7-4228-bcc4-1723cfb91c82

भण्डारा माविका विद्यार्थीले बाढीपीडितलाई ५० हजार १०० रुपैयाँ सहयोग

चितवन । रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि भण्डारा माध्यमिक विद्यालयका...
Sajhedari-Daily_20260911_114753_0000-860x487 (1)

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका...
WhatsApp Image 2026-09-11 at 3.59.36 PM

लागूऔषध दुर्व्यसनविरुद्ध सुनगाभा कलेज/डेजी स्कुलका विद्यार्थीलाई सचेतना

चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०