"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दाङमा जङ्गली च्याउ खाएका एक जनाको ज्यान गयो

Table of Content

काठमाण्डौ – दाङको तुलसीपुर–३ बल्लेमा जङ्गली च्याउ खाएका एक जनाको ज्यान गएको छ ।

३७ वर्षीया दिपा पुनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पुनसहित उहाँको परिवारका पाँच जना र अर्को परिवारका दुई जनाले जंगलबाट ल्याइएको जङ्गली च्याउ पकाएर खाएपछि अस्ति शुक्रबार बिरामी परेका थिए ।

बिरामीमध्ये दिपा पुनको स्वास्थ्य अवस्था जटिल बनेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको थियो । घोराहीबाट थप उपचारका लागि गोग्लीको संजीवनी अस्पतालमा पठाइएको थियो । त्यहाँ पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा हिजो ज्यान गएको हो ।

प्रहरी नायब उपरीक्षक केसीका अनुसार अरु ६ जना उपचारपछि सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज गरिएको छ । दशरथी पुन, डम्बरबहादुर पुन, तिलक पुन, विपीन पुन, विवेक पुन र सुमन बुढाथोकी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । जङ्गली च्याउ नखान प्रहरीको आग्रह छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०