"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग

Table of Content

चितवन । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारमा दरार आएसँगै सातै प्रदेशका सरकार फेरबदल हुने चर्चा सुरु भएको छ । कांग्रेस एमाले समीकरण परिवर्तन भएर क–कसको गठबन्धन होला भन्ने चर्चा पनि सुरु भएको छ । 

कांग्रेसका कतिपय नेताहरूले अबको समीकरण नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग हुने बताइरहेको छ । उता, एमालेले पनि नेकपालाई लक्षित गर्दै वामपन्थी मिल्नुपर्ने धारणा बेलाबेलामा राख्ने गरेको छ । यस्तै नेकपाले पनि वामपन्थीहरू (एमाले)सँग मिल्नुपर्ने धारणा राख्दै आएको छ । 

कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले केन्द्रको निर्देशनअनुसार आफूहरू अगाडि बढ्ने बताएका छन् । ‘सुदूरपश्चिम प्रदेश र कर्णालीको हावाले यता पनि छुन्छ जस्तो छ,’ कार्कीले भने, ‘त्यस्तो अवस्थामा केन्द्रले जे निर्णय दिन्छ हामी त्यही गर्छौँ ।’ 

नयाँ सरकार निर्माण गर्ने तथा भएका सरकार जोगाउने कसरतमा कांग्रेस र एमाले लागेका छन् । सम्भवतः अब नयाँ गठबन्धन एमाले र नेकपाकै हुने सम्भावना बढी रहेको बताइएको छ । उक्त गठबन्धनमा जसपा, राप्रपा, जनमत पार्टी र तमलोपालगायत पार्टीको भूमिका के हुन्छ भन्ने विषय पनि चासोका साथ हेरिएको छ । 

प्रदेश सभाको नयाँ तथ्यांकका आधारमा दुई फरक–फरक सम्भावित समीकरण कांग्रेस र नेकपाको बिचमा वा एमाले र नेकपाको बिचमा बन्नसक्ने देखिन्छ । त्यस्तो भएको अवस्थामा कुन–कुन प्रदेशमा कसको सरकार बन्न सक्छ र कहाँ अन्य दलहरूको भूमिका निर्णायक हुन्छ भन्ने सम्भावनाबारे चर्चा गरिएको छ । 

कांग्रेस र नेकपा मिल्दा

कोशी प्रदेशको कुल ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक छ । जसका लागि कांग्रेसका २९ र नेकपा १७ गरी ४६ जना हुन्छ । यो गठबन्धनलाई बहुमतका लागि थप १ सिट आवश्यक पर्छ । यसका लागि १ सिट भएको जसपा वा ५ सिट भएको राप्रपाको समर्थन आवश्यक छ । 

यस्तै मधेस प्रदेशमा कुल १०३ सदस्यीय संसदमा बहुमतका लागि ५२ सांसद आवश्यक पर्छ । जसमा कांग्रेसको २२ र नेकपा १५ गरी ३७ सिट मात्रै छ । यहाँ बहुमतका लागि थप १७ सिट आवश्यक पर्छ । त्यसैले जसपाको २८, जनमत १२ सांसद भएका मधेसकेन्द्रित दलहरूको भूमिकाबिना सरकार गठन सम्भव देखिँदैन । यो प्रदेशमा नेपाल संघीय समाजवादी पार्टी र राप्रपाको १–१ सिट रहेको छ । यद्यपि यो प्रदेशमा जसपाको नेतृत्वमा सरकार बन्ने सम्भावना छ । 

बागमती प्रदेशमा कुल १०४ सदस्यीय प्रदेशसभा छ । जसको बहुमतका लागि ५३ जना आवश्यक छ । यो प्रदेशमा कांग्रेसका ३६ र नेकपाको २६ गरी ६२ सिट रहेको छ । यहाँ यो गठबन्धनसँग स्पष्ट र सहज बहुमत पुग्छ र सजिलै सरकार बन्न सक्छ ।

गण्डकी प्रदेशमा कुल ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । जसमा कांग्रेसका २७ र नेकपाका ७ गरी ३४ सांसद छन् । यहाँ पनि ३१ सिटको बहुमत सहजै पार हुने भएकाले कांग्रेस–नेकपाको सरकार सुरक्षित देखिन्छ ।

यस्तै ८३ सदस्यीय लुम्बिनी प्रदेशसभाको बहुमतका लागि ४२ सदस्य आवश्यक पर्छ । यो प्रदेशमा कांग्रेसका २७ र नेकपाका १३ गरी ४० सांसद रहेका छन् । बहुमतका लागि यो गठबन्धनलाई २ सिट अपुग हुन्छ । यहाँ राप्रपाका ४, जनमतको ३, वा जसपाको २, जसपा नेपालको ३ मध्ये कुनै दुई दलको साथ अनिवार्य चाहिन्छ । यो प्रदेशमा राष्ट्रिय जनमोर्चाको र स्वतन्त्र १–१ जना सांसद छन् । 

४० सदस्यीय कर्णाली प्रदेशसभाको बहुमतका लागि २१ सांसद आवश्यक पर्छ । यो प्रदेशमा कांग्रेसका १४ र नेकपाको १४ गरी २८ सिट रहेको छ । यहाँ २१ को बहुमत सजिलै पार हुने भएकाले यो समीकरण निकै बलियो अवस्थामा रहनेछ । उता, सुदूरपश्चिम प्रदेशसभा ५२ सदस्यीय हो । यो प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । यो प्रदेशमा कांग्रेसका १८ र नेकपाको २२ गरी ४० सांसद छन् । यहाँ पनि बहुमत सजिलै पार हुने भएकाले सहजै सरकार गठन हुने देखिन्छ । यो प्रदेशमा राप्रपाको १ सिट रहेको छ । 

एमाले र नेकपा मिल्दा

यस्तै नेकपा एमाले र नेकपा गठबन्धन बन्दा कोशी, कर्णाली र बागमतीमा सहजै सरकार बनाउने अवस्था छ । अरु चार प्रदेशमा भने साना दलको वैशाखी अनिवार्य देखिएको छ । कोशी प्रदेशमा कुल ९३ सदस्यीय प्रदेशसभा भए पनि हाल कायम सांसद संख्या ९२ छ । जसमा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ, जसका लागि एमालेको ४० र नेकपाको १७ गरी ५७ सांसद छन् । यो समीकरणअन्तर्गत यहाँ स्पष्ट र बलियो बहुमतको सरकार बन्ने देखिन्छ ।

मधेस प्रदेशमा कुल १०३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५२ सिट आवश्यक पर्छ, जहाँ एमालेको २४ र नेकपाको १५ सिट गरी ३९ सिट मात्रै छ । यहाँ बहुमतका लागि थप १५ सिट आवश्यक पर्छ । यसका लागि जसपाको २८ वा जनमत १२ सांसदको समर्थनबिना सरकार बन्न सक्दैन ।

उता, बागमती प्रदेशमा कूल १०४ सदस्यीय प्रदेशसभाको लागि बहुमत जुटाउन ५३ सांसद अनिवार्य हुन्छ । जुन प्रदेशमा एमालेको २६ र नेकपाको २६ गरी ५२ सिट छ । यो प्रदेशमा दुवै दलका लागि बहुमत पुर्‍याउन मात्र १ सिट अपुग हुन्छ । राप्रपा (१२), हाम्रो नेपाली पार्टी (२) वा नेमकिपा (३) को समर्थनमा मात्रै यहाँ सरकार गठन हुन सक्छ ।

उता, गण्डकी प्रदेशमा कुल ६० सदस्यका लागि बहुमत पुर्‍याउन ३१ सांसद चाहिन्छ । यो प्रदेशमा एमालेको २२ र नेकपाको ७ गरी २९ सिट छ । यो प्रदेशमा पनि बहुमतका लागि २ सिट अपुग हुन्छ । यहाँ २ सिट भएको राप्रपा ‘किङमेकर’ बन्ने देखिन्छ । यस्तै यो प्रदेशमा नेपाल समाजवादी पार्टीका १ सांसद् छन् । दीपक मनाङेकाे सांसद पद खारेज भएपछि यहाँ प्रदेश सभा सदस्यकाे एक सिट रिक्त छ।

यस्तै लुम्बिनी प्रदेशको कुल ८३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक छ । यो प्रदेशमा एमालेको २९ र नेकपाको सभामुखसहित १३ गरी ४२ सांसद पुग्छन् । यहाँ दुई पार्टीको ठिक्क बहुमत पुग्ने देखिए पनि सभामुखले मतदान गर्न पाउँदैनन् । जसका कारण यो प्रदेशमा जसपा नेपालको ३, जनमतको ३, राष्ट्रिय जनमोर्चाको १ र स्वतन्त्र १ सांसद छन् । ३ सिट भएको कुनै पनि दलले यो गठबन्धनलाई सहयोग नगरे सरकार बन्दैन । 

उता, ४० सदस्यीय कर्णाली प्रदेशमा बहुमत पुर्‍याउन २१ सांसद आवश्यक हुन्छ । यो प्रदेशमा एमालेका १० र नेकपाका १४ सांसद गरी २४ सांसद छन् । यहाँ स्पष्ट बहुमत पुग्ने भएकाले वामपन्थी सरकार सहजै बन्छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको कुल ५२ सदस्यीय प्रदेशसभाको बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । यो प्रदेशमा एमालेका ११ र नेकपाका २२ गरी ३३ सांसद छन् । यो प्रदेशमा एमाले र नेकपाको सहजै बहुमत पुग्ने देखिएको छ । 

यस्तै तथ्यांक केलाउँदा केही प्रदेशहरूमा ठुला दलहरू मिल्दा पनि साना दलहरूको भूमिका अपरिहार्य देखिन्छ । मधेस प्रदेशमा जसपाको समर्थनबिना कुनै पनि समीकरणले सरकार बनाउन सक्ने अवस्था छैन । लुम्बिनी प्रदेशमा दुवै समीकरणका लागि साना दलहरूको साथ अनिवार्य छ । यहाँ सत्ता सौदाबाजीमा साना दलहरू हाबी हुने देखिन्छन् । गण्डकी र बागमती प्रदेशमा वामपन्थी समीकरण बनेको खण्डमा साना दलहरूको भूमिका सरकार बनाउन र टिकाउन महत्त्वपूर्ण हुने देखिन्छ । 

कोशी प्रदेशमा कांग्रेस र नेकपाको समीकरण बनाए राप्रपा र जसपाको निर्णायक भूमिका देखिन्छ । अंकगणितका हिसाबले कांग्रेस र नेकपा मिल्दा चार वटा बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा सहज बहुमत पुग्छ भने कोशी र लुम्बिनीमा साना पार्टीको समर्थनमा सरकार बन्न सक्छ । 

अर्कोतर्फ, एमाले र नेकपा मिल्दा वामपन्थी गठबन्धनअन्तर्गत कोशी, कर्णाली र सुदूरपश्चिममा मात्र स्पष्ट बहुमत पुग्छ भने बाँकी ४ वटा प्रदेश बागमती, गण्डकी, लुम्बिनी र मधेसमा साना दलको समर्थन जुटाउन कसरत गर्नुपर्ने देखिन्छ ।

हेर्नुहोस् दलहरूको सांसद संख्याः 

कोशी प्रदेश
एमालेः ४०
कांग्रेसः २९
नेकपाः १७
राप्रपाः ५ (सभामुखसहित)
जसपाः १
जम्मा प्रदेशसभा संख्या ९२ (बहुमत ४७)

मधेस प्रदेश
एमालेः २४ (सभामुखसहित)
जसपाः २८ 
कांग्रेसः २२
नेकपाः १५
जनमतः १२
नेपाल संघीय समाजवादीः १
राप्रपाः१
जम्मा प्रदेशसभा संख्या १०३ (बहुमत ५२)

बागमती प्रदेश 
एमालेः २५
नेकपाः २६
कांग्रेसः ३६
राप्रपाः १२ (सभामुखसहित)
नेमकिपाः ३
हाम्रो नेपाली पार्टीः २
जम्मा प्रदेशसभा संख्याः १०४ (बहुमत ५३)

गण्डकी प्रदेशः
एमालेः २२
कांग्रेसः २७
नेकपाः ७ (सभामुखसहित)
राप्रपाः २ 
नेपाल समाजवादीः १
स्वतन्त्रः१
जम्मा प्रदेशसभा संख्याः ६० (बहुमत ३१)

कर्णाली प्रदेश
एमालेः १० (सभामुखसहित)
नेकपाः १४
कांग्रेसः १४
राप्रपाः १
स्वतन्त्रः १
जम्मा प्रदेशसभा संख्याः ४० (बहुमत २१)

लुम्बिनी प्रदेश
एमालेः २९
कांग्रेसः २७
नेकपाः १३ (सभामुखसहित)
राप्रपाः ४
जसपा नेपालः ३
जनमतः ३
जसपाः २
राष्ट्रिय जनमोर्चाः १
स्वतन्त्रः १
जम्मा प्रदेशसभा संख्या ८३ (बहुमत ४२)

सुदूरपश्चिम प्रदेश
एमालेः ११
नेकपाः २२ (सभामुखसहित)
कांग्रेस ः १८
राप्रपाः १
जम्मा पदेशसभाः ५२ (बहुमतका लागि चाहिने संख्या २७)

Photo

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nagdhunga-naubise-road-(7)-1765352945

पृथ्वी राजमार्ग हुँदै जान लागेका गाडीलाई नागढुंगामै रोकियो

काठमाडौंबाट पृथ्वीराजमार्ग हुँदै बाहिरिने सवारीसाधनलाई प्रहरीले नागढुंगामै रोकेको छ। रसुवाबाट आएको बाढीले धादिङ, तनहुँ, चितवनसम्म...
SG gives press con

समुन्द्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक...
army-helicopter_pkh6dlfnrg_pYa0c4LgMC

उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइ राखियो

काठमाडौं । रसुवा बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राखिएको छ।...
timure_NidzBokBOe

रसुवा बाढी :  अबको केही घण्टामा मुग्लिन पार गर्ने

काठमाडौँ ।  रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै तीव्र गतिमा अगाडि बढिरहेको छ...
aagolagi_wvkld87PQt (1)

विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट) भएर आगलागी हुँदा दुई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०