"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

Table of Content

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

काठमाण्डौ — कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि सरकारले तय गरेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।

मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन सङ्घलगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो । 

मन्त्रिपरिषद्को गएको चैत २४ गतेको निर्णयबाट १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८ सय ६६ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

मन्त्रालयका सहसचिव जगन्नाथ तिवारीका अनुसार नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नुपरेको, चिस्यानका कारण भण्डारणमा समस्या भएको र किसानले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएको बताउनुभएको छ ।

मन्त्रालयले खाद्यान्नमा आत्मनिर्भर बन्न चैते धान खेतीको संरक्षण र विस्तारमा जोड दिएको जनाएको छ । धान चामल उद्योगीसहित सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी किसानबाट निर्धारित मूल्यमा धान खरिद गर्ने प्रक्रिया सहज बनाउन मन्त्रालयले विशेष जोड दिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

gas-5-1770802086

‘आवश्यकताभन्दा बढी ग्यास जगेडा नगर्नुहोस्’

चितवन : नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ। सङ्घका...
Naagdhunga-Tunnel-_-58-1-scaled (1)

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौँ, साउन ११ – नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप पाएको छ ।...
Screenshot 2026-07-27 111704

भारतमा डेंगु खोप स्वीकृत, नेपालमा कहिले ?

पछिल्लो केही वर्गयता नेपालमा अधिकांश डेंगु संक्रमितले आफ्नो स्वास्थको खासै ख्याल गरेको पाइँदैन । नेपालमा...
Bhajan_yuba

सामाजिक सञ्जालदेखि मन्दिरसम्म : एमआरआरले जोड्यो हजारौँ युवा

भरतपुर । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका बुबाआमाको समूह, मन्दिरको शान्त वातावरण...
Untitled-design-1

उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा छविलाल कँडेल

गैंडाकोट । जिल्ला उद्योग वाणिज्य संघ (नवलपरासी बर्दघाट सुस्ता पूर्व) गैंडाकोटको चौथो अधिवेशनबाट नयाँ कार्यसमिति...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०