"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विद्युतका कर्मचारीले घुस मागे तत्काल खबर गर्नु : प्राधिकरण

Table of Content

विद्युतका कर्मचारीले घुस मागे तत्काल खबर गर्नु : प्राधिकरण

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाहका क्रममा कसैले अतिरिक्त रकम वा घुस मागेमा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेको छ । प्राधिकरणले सूचना निकालेर सरल, पारदर्शी, प्रभावकारी र सेवाग्राही मैत्री विद्युत् सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको र सुशासन कायम गर्न सेवाग्राहीसँग सहयोगको आह्वान गरेको हो ।

प्राधिकरणले ग्राहकलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन अनुरोध गरेको छ । सेवा लिने क्रममा कुनै पनि कर्मचारी वा व्यक्तिले तोकिएको शुल्कभन्दा बढी रकम मागेमा वा कुनै अनुचित कार्य गरेमा यथेष्ट प्रमाणसहित तत्काल जानकारी गराउन भनिएको छ ।

प्रमाणका आधारमा अनियमितता भएको पाइएमा कारबाही गरिने प्राधिकरणले जनाएको छ । गुनासा र अनियमितताको बारेमा जानकारी दिनका लागि प्राधिकरणले आधिकारिक सम्पर्क नम्बर र इमेल समेत सार्वजनिक गरेको छ ।

सेवाग्राहीले वितरण तथा ग्राहक सेवा निर्देशनालयको फोन नम्बर ०१–४१५३१४५ अथवा जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखाको मोबाइल नम्बर ९८५१३३५५३६ मा सिधै सम्पर्क गरेर आफ्नो गुनासो दर्ता गराउन सक्नेछन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०