"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सामाजिक सञ्जालमार्फत राप्रपा नेतृ ओलीलाई धम्की दिने एकजना पक्राउ, दर्जनौंविरुद्ध उजुरी

Table of Content

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज, चरित्रहत्या र ज्यान मार्ने धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाएकी छन् । संसद्मा जनचासोका विषय उठाउँदा निरन्तर प्रहार भएपछि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएकी हुन् ।

ओलीको उजुरीका आधारमा प्रहरीले एकजना आरोपीलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका व्यक्तिमाथि कानुनी प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिइन् । केही सातादेखि सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित आक्रमण भइरहेको र व्यक्तिगत मोबाइलदेखि मेसेन्जरसम्म बलात्कार तथा भौतिक आक्रमणका धम्कीहरू आएको उनले बताएकी छन् ।

“मेरो विचार, धारणा वा राजनीतिक भूमिकालाई लिएर आम-नागरिकहरुले कठोर भन्दा कठोर आलोचना गर्न सक्नुहुन्छ। लोकतन्त्रमा असहमति स्वाभाविक हो । तर धम्की, घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या, हिंसाको उक्साहट र सामाजिक सञ्जालमार्फत गरिने दुर्व्यवहार कुनै पनि हालतमा म स्वीकार गर्न सक्दिनँ,” उनले भनेकी छन् ।

उनले टिकटक, युट्युब र फेसबुक जस्ता प्लेटफर्ममा आफ्नो बारेमा भ्रामक सामग्री अपलोड गर्ने, घृणा फैलाउने र दुर्व्यवहारपूर्ण कमेन्ट गर्नेहरूलाई त्यस्ता सामग्री तत्काल हटाउन चेतावनीसमेत दिएकी छन् । “अझै पनि त्यस्ता सामग्रीहरु हटाउने समय तपाईंहरुसँग छ,” उनले भनेकी छन्, “अन्यथा, आजदेखि नै कानुनी प्रक्रियाको सामना गर्न तयार रहनुहोस् । सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, धम्की र घृणायुक्त अभिव्यक्ति प्रति मेरो शून्य सहनशीलता रहनेछ !”

सांसद ओलीले यस विषयमा गम्भीर चासो देखाएकोमा गृहमन्त्री सुधन गुरुङ र प्रहरीको साइबर ब्युरोलाई धन्यवाद दिएकी छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सामाजिक सञ्जालमार्फत राप्रपा नेतृ ओलीलाई धम्की दिने एकजना पक्राउ, दर्जनौंविरुद्ध उजुरी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज, चरित्रहत्या र ज्यान मार्ने धम्की दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाएकी छन् । संसद्मा जनचासोका विषय उठाउँदा निरन्तर प्रहार भएपछि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएकी हुन् । ओलीको उजुरीका आधारमा प्रहरीले एकजना आरोपीलाई पक्राउ गरिसकेको छ ।...

ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’

वासिङ्टन डिसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको जानकारी दिएका छन्।  जी–सेभेन शिखर सम्मेलनका क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको कुराकानीमा ट्रम्पले सम्झौताका विस्तृत विवरणहरू चाँडै नै सार्वजनिक गरिने बताए। उनले भने, ‘म यो कुरा भन्न पाउँदा निकै खुसी छु कि सम्झौता भइसकेको छ, यो पूर्ण रूपमा हस्ताक्षर...

बक्स अफिसमा जेठका ६ फिल्म: साढे ३ करोडको व्यवसाय, सवा लाख दर्शक

काठमाडौँ । नेपाली फिल्म क्षेत्रका लागि जेठ महिना पनि त्यति लाभदायक मान्न सकिँदैन । ६ वटा फिल्म प्रदर्शनमा आएको यस महिनाको कुल बक्स अफिस कलेक्सन ३ करोड ५५ लाख ९६ हजार ५२० रुपैयाँ (ग्रस कलेक्सन) मात्र रहेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यी फिल्म हेर्न १ लाख २२ हजार ३८० जना दर्शक...

विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेले

विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेले काठमाण्डौ – विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन् ।  खाडी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको इरानले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग बराबरी खेल्यो । अमेरिकाको लस एन्जलसमा भएको खेलमा न्युजिल्यान्डले दुई पटक अग्रता बनाए पनि जोगाउन सकेन ।  इजिल...

बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक समिति सदस्य नियुक्ति खारेज

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले गरेको नेपाल वायु सेवा निगम सञ्चालक समितिको सदस्य नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। अदालतले नियुक्ति प्रक्रिया कानुनविपरीत रहेको ठहर गर्दै पुनः योग्यतामा आधारित नियुक्ति गर्न परमादेशसमेत जारी गरेको छ। सरकारले पूर्व सैनिक अधिकारीसहित विभिन्न व्यक्तिलाई निगमको सञ्चालक समितिमा नियुक्त गरेको थियो। तर, नियुक्ति प्रक्रियामा योग्यताक्रमको सट्टा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०