"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘सन् २०५० सम्म हवाई उडानलाई ‘नेट जिरो’ बनाउन असम्भव’

Table of Content


काठमाडौं । वैश्विक उड्डयन उद्योगलाई सन् २०५० सम्ममा पूर्ण रूपमा कार्बनमुक्त अर्थात् ‘नेट जिरो’ बनाउने लक्ष्य अधुरै रहने आशंका बढेको छ ।

विश्वभरका एयरलाइन्स प्रमुखहरूले ब्राजिलको रियो दी जेनेरियोमा आयोजित एउटा सम्मेलनमा हालको गतिलाई हेर्दा यो समयसीमाभित्र वातावरणीय संकल्प हासिल गर्नु व्यावहारिक नभएको स्वीकार गरेका छन् ।

वैश्विक एयरलाइन्स संस्था इयाटा र बेलायतसहित धेरै देशका सरकारले मात्र पाँच वर्ष पहिले यो ऐतिहासिक सामूहिक लक्ष्यको घोषणा गरेका थिए । तर, उक्त प्रतिबद्धताबाट अब उनीहरू पछि हट्दै गरेको संकेत देखिएको छ ।

इयाटाका महानिदेशक विली वाल्सले यो लक्ष्य प्राप्तिको आशा तीव्र गतिमा धमिलो हुँदै गएको बताए । उड्डयन उद्योगका निम्ति अब एउटा नयाँ तथा अझ बढी वास्तविक समयसीमा तय गरिनुपर्नेमा उनले जोड दिए ।

वाल्सले यो सम्भावित असफलताको दोष इन्धन आपूर्तिकर्ता, विमान निर्माता र वैश्विक सरकारको थाप्लोमा थुपारेका छन् ।

उनले उड्डयन क्षेत्रको डिकार्बोनाइजेसन (कार्बन उत्सर्जन कम गर्ने प्रक्रिया)को आधाभन्दा बढी हिस्सा ‘सस्टेनेबल एभिएसन फ्युल’को विकासमा निर्भर रहेको तर त्यो पूर्ण रूपमा पछि परिसकेको स्पष्ट पारे ।

उनका अनुसार, सन् २०५० सम्ममा उड्डयन क्षेत्रलाई ६५ प्रतिशत प्रदूषण कम गर्न ५० करोड टन ‘स्टेनेबल एभिएसन फ्युल आवश्यक पर्नेछ । तर, यस वर्ष यसको वैश्विक उत्पादन २४ लाख टनसम्म पुग्ने अनुमान छ । यो तथ्यांक विश्वभरका एयरलाइन्सको कुल इन्धन आवश्यकताको मात्र ०.८ प्रतिशत हो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेकाे प्रश्न – ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत हिजाे बिहीवार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे...

मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला

काठमाण्डाै – मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् ।  ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ । टानले सूचना निकालेर बूढीगण्डकीमा आएको बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टी–हाउस लज धार्चे र गोरखाको चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मत...

बुकिङ खुलेको आधा घण्टामै सकियो एनपीएल उद्घाटन खेलको टिकट

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलको अनलाइन बुकिङ खुलेको केही समयमै टिकट सकिएको छ । हिजो बेलुका ८ बजे खुलेको टिकट साढे ८ बजे नै सकिएको प्रतियोगिताको आधिकारिक टिकटिङ साझेदार इसेवाले जनाएको छ । एनपीएल सोमबारदेखि कीर्तिपुर मैदानमा शुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता...

६९औँ प्रहरी दिवसमा डिएसपी सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित

रत्ननगर। ६९औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्ट ‘सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता’ पुरस्कारबाट सम्मानित हुनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा आयोजित कार्यक्रममा उहाँलाई फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अनुसन्धानमा उत्कृष्ट कार्यदक्षता, व्यावसायिक निष्ठा र अनवरत समर्पण प्रदर्शन गरेको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो। राष्ट्र...

राखेपले क्यान सदस्य गुञ्जन शाह सहित ४ जनालाई फिर्ता बोलायो

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । अस्ति राखेपका सदस्य सचिवस्तरीय निर्णयमार्फत शाहलाई फिर्ता बोलाइएको हो । राखेपले उनलाई असोज १ गते क्यानको सदस्यमा मनोनीत गरेर पठाएको थियो । नेपाल क्रिकेट संघको विधान, २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा ४...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०