प्रधानमन्त्री शाह तत्काल संसदमा आउनु हुन्न : रवि लामिछाने
काठमाण्डाै – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाफ दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनुभएको छ ।
आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनुभएको हो ।
लामिछानेले परराष्ट्रमन्त्रीले जवाफ दिएपछि आवश्यकता परेमा आफूले पनि जवाफ दिने तर प्रधानमन्त्री आउन नसक्ने जानकारी गराउनुभएको हो । तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका छन् ।
देशसँग जोडिएको विषय रहेकाले प्रधानमन्त्रीले जवाफ दिएर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने विपक्षीहरूको माग छ ।
