"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

Table of Content

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

काठमाण्डाै —   सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ । छानबिनका लागि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा समिति गठन गरेको थियो ।

कोरला नाकाबाट पैठारी गरिएका विद्युतीय गाडीको अनुसन्धानका लागि शाक्य नेतृत्वको तीन सदस्यीय टोली हिजो बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेको थियो । आज कोरला नाका पुग्ने भन्सार कार्यालय मुस्ताङका प्रमुख बिदुर चुडालले जानकारी दिनुभयो ।

छानबिन टोलीले मुस्ताङ पुग्नुअघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणका लिएका विद्युतीय गाडीको अनुमगन गरेको थियो । चीनबाट नेपाल भित्रिएका ती गाडीको आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान थालेको हो ।

सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडीलाई नियन्त्रणमा लिएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा काठमाण्डाै —   सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ । छानबिनका लागि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा समिति गठन गरेको थियो । कोरला नाकाबाट पैठारी...

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ काठमाण्डौ — काठमाण्डौमा श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान् ४२ वर्षीय थापाबीच घरायसी विवादका क्रममा झगडा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा गएराति त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा...

अण्डाको भाउ फेरि बढ्यो

अण्डाको भाउ फेरि बढ्यो काठमाण्डौ — नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको भाउ फेरि बढाएको छ । सङ्घको काठमाण्डौमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको छलफल तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ...

आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित)

आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक (सूचीसहित) काठमाण्डौ — शिक्षा तथा खेलकूद मन्त्रालयले आठवटा विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक भएको हो । उपकुलपति सिफारिस गर्न गठित समितिका अनुसार...

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज्ञप्ति निकालेर अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो । यसअघि काउन्सिलले जेठ ७ गते सूचना निकालेर गैरकानुनी रुपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०