२०८३ जेठ २२ गते बिहिबार
मेषः आत्मीयजनसँगको भेटले मन प्रशन्न बन्नेछ, आप्mनै दक्षतामा कार्यहरु सफल हुनेछन्, अरुको भरमा नपर्नुहोला ।
वृषः वैदेशिक कार्यमा सफलता प्राप्त होला, सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ, परिवारमा खुशियाली आउनेछ ।
मिथुनः पठनपाठनको क्षेत्रमा समस्या आउन सक्ने, स्वास्थ्यमा धन खर्च हुनेछ, मानसम्मानमा ह्रास आउनेछ ।
कर्कटः मनले सोचेअनुसार काम बन्दै जालान्, लाभदायक यात्राको संभावना देखिन्छ, पैतृक धनसम्पत्ति प्राप्त होला ।
सिंहः व्यवसायबाट मनग्य लाभ लिन सकिएला, रमाइलो यात्राको योग रहेकोछ, रमाइलोमा समय व्यतीत हुनेछ ।
कन्याः धन आर्जन गर्ने नयाँ मार्ग पत्ता लाग्नेछ, सन्तान एवं पारिवारिक सुख मिल्नेछ, प्रवुद्धजनको साथ सहयोग रहने ।
तुलाः दैनिक कार्यमा विलम्व हुन सक्ने, घरेलु कार्य संयमित भएर गर्नु होला, धैर्यतापूर्वक आफ्नो काममा लाग्नुहोला ।
बृश्चिकः समय तपाईंको पक्षमा रहला, सोचेअनुसार काम बन्दा मन खुसी बन्ला, सुखदुःखमा साथ दिनेहरु प्रशस्तै भेटिनेछ ।
धनुः प्रियजनबाट उपहार आदि प्राप्त हुनेछ, मिठो खानाको अवसर जुट्नेछ, स्वास्थ्यमा ध्यान दिनुहोला ।
मकरः आत्मिक सुख शान्ति प्राप्त हुने समय छ, घरपरिवारमा खुशियाली आउने, वैदेशिक कार्य सफल हुनेछ ।
कुम्भः शत्रुपक्षको भय र त्रास बनिरहला, अनावश्यक काममा ध्यान जानेछ, नचाहिने ठाउँमा खर्च गर्नुपर्ने छ ।
मीनः आर्थिका क्षेत्र मजबुद बन्दै जाला, सोचेअनुसार काम बन्दै जानेछ, परिवारबाट भरपुर साथ सहयोग मिल्नेछ ।
