"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राजबन्दीलाई कागजपत्र बिना रिहा गर्ने भुटान सरकारको कदमप्रति विश्वव्यापी अभियानको असहमति

Table of Content

काठमाडौं । विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले पर्याप्त कानुनी तथा पहिचानसम्बन्धी कागजात उपलब्ध नगराई तामाङ र हस्तबहादुर राईलाई भारततर्फ पठाउने भुटान सरकारको कदमप्रति गम्भीर असहमति व्यक्त गरेको छ । ‘उनीहरूलाई न त औपचारिक परिचयपत्र दिइयो, न कारागारबाट रिहा गरिएको प्रमाणपत्र, न त उनीहरूको कानुनी हैसियत पुष्टि गर्ने अन्य कुनै आवश्यक कागजात नै उपलब्ध गराइयो । यसले उनीहरूलाई थप असुरक्षित बनाएको छ र संरक्षण, मानवीय सहायता तथा स्वतन्त्र आवतजावतको अधिकार उपभोग गर्न कठिनाइ सिर्जना गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले चतुरमान तामाङ र हस्तबहादुर राईको रिहाईसँगै उत्पन्न भएको गम्भीर मानवीय अवस्थाप्रति चिन्ता पनि व्यक्त गरेको छ । रिहापछि पहिचानसम्बन्धी कागजातको अभावका कारण दुवैलाई नेपाल प्रवेश गर्न अनुमति दिइएको छैन । ‘उनीहरू भारत–नेपाल सीमास्थित पनिट्यान्की क्षेत्रमा अलपत्र परेर अन्ततः भुटान फर्किन बाध्य भएका छन् ।

हाल उनीहरू भारतमा आफन्तहरूको संरक्षणमा अस्थायी रूपमा बसिरहेका छन् । यो घटनाले राज्यविहीनता र जबर्जस्ती विस्थापनको जोखिम झेलिरहेका पूर्व राजनीतिक कैदीहरूका लागि दीर्घकालीन र मानवीय समाधानको तत्काल आवश्यकता औंल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यदपी भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकले दिएको माफी एक महत्वपूर्ण उपलब्धि भएको अभियानले जनाएको छ।‘संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का विशेष प्रक्रियाहरू, युरोपेली संघ, तथा ह्युमन राइट्स वाचलगायत अन्तरराष्ट्रिय मानवअधिकार साझेदारहरूसँग वर्षौंदेखि गरिएको निरन्तर वकालत र कूटनीतिक पहलको परिणामस्वरूप यो उपलब्धि सम्भव भएको हो । यस घटनाले भुटानका राजनीतिक कैदीहरूको मुद्दामा अन्तरराष्ट्रिय समुदायको निरन्तर चासो र संलग्नताले सकारात्मक प्रभाव पार्न सक्ने स्पष्ट संकेत दिएको छ,’ जीसीआरपीपीबीका ग्लोबल कोअर्डिनेटर राम कार्कीले भने ।

भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले भुटान, नेपाल र भारत सरकारसँगै अन्तरराष्ट्रिय समुदायलाई तामाङ र राईको सुरक्षा, सम्मानजनक जीवनयापन तथा आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक पहल गर्न पनि आग्रह गरेको छ ।

जीसीआरपीपीबीले भुटानको शाही सरकारलाई बाँकी राजनीतिक कैदीहरूप्रति पनि समान करुणा र मानवीय दृष्टिकोण अपनाउन आग्रह गरेको छ । ‘हामी भुटानी अधिकारीहरूलाई विश्वास निर्माण गर्ने थप कदमहरू चाल्न आग्रह गर्दछौं,’ कार्कीले भने। जीसीआरपीपीबीको स्थापना सन् २०१९ मा द हेगमा भुटानी राजबन्दीका परिवारहरूको सहयोगमा गरिएको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०