"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रधानन्यायाधीशको बिदाइमा बारको ‘ब्रेक’ तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

Table of Content

काठमाडौं । न्यायपालिकाको नेतृत्वबाट घर फर्किने बेला सर्वोच्च अदालतले अपबाद बाहेक प्रधानन्यायाधीशलाई शुभकामनासहित बिदाइ गर्ने प्रचलन छ । 

नेतृत्वमा आउँदा फुलमाला र खादाले स्वागत गर्ने र अवकास हुँदा मायाको चिनो प्रदान गर्दै सेवानिवृत्त जीवनका लागि शुभकामना दिने प्रचलन पुरानै हो । सर्वोच्च अदालतको जस्तै यतापट्टी सर्वोच्च अदालत बार एशोसिएसनले पनि प्रधानन्यायाधीशको स्वागत र बिदाइ गर्ने परिपाटी छ । सर्वोच्च अदालत स्थापनासँगै गठन भएको बारको इतिहास पनि सात दशक पुरानो छ । 

तर पछिल्लो समय प्रधानन्यायाधीशबाट अनूपराज शर्माको बिदाइपछि सर्वोच्च बारबाट यस्तो परिपाटीमा ‘ब्रेक’ नै लागेको थियो । 

६५औँ वसन्त पार गरी बिदाइमा फुलमालाको हार्दिकता शुभकामना मात्र नभएर एउटा मिठो सम्झना पनि हो । यसले बिदाइ हुने र गर्नेहरु जो जहाँ भए पनि माया र सद्भाव मनमा जगाएर राख्दछ ।  

सर्वोच्च बारले यसअघि निर्विबाद बन्न नसकेको भन्दै शर्मापछि बाह्रजना प्रधानन्यायाधीशलाई बिदाइ नै गरेन । तत्कालीन प्रधानन्यायाधीश शर्मालाई भने बार हलमा आमन्त्रण गरेर भव्य कार्यक्रमसहित बिदाइ गरेको थियो । जबकि शर्मा जम्माजम्मी तीनमहिना मात्र प्रधानन्यायाधीश बनेका थिए । 

मुद्दा मामिला, न्यायाधीश नियुक्ति, कानुन व्यवसायीलाई गर्ने व्यवहार, विकृति विसंगति कुनै न कुनै विवादमा परेको कारण देखाएर अवकासका बेला बारले हार्दिकता देखाउने गरेको थिएन । शर्मा २०६६ साल चैत १३ गते अवकास भएका थिए । 

बारले त्यसपछिका प्रधानन्यायाधीश क्रमशः रामप्रसाद श्रेष्ठ, खिलराज रेग्मी, दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद शाह, कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर ज. ब. रा., हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठलाई बिदाइमा डाकेन । तर, निवर्तमान प्रधानन्यायाधीश प्रकासमान सिंह राउत भने १७ वर्षपछि बारबाट विरलै बिदाइ पाउने ‘भाग्यमानी’ बनेका छन् ।  

नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको स्वागतसँगै सर्वोच्च बारले सेवा निवृत्त राउतको बिदाइ गर्‍यो । बिदाइको क्षण राउत खुसीसँगै भावुक पनि देखिए । सायद बारका सहकर्मीसँग झन्डै चार दशक कानुन व्यवसायमै बिताएको पद सम्झिए । सम्भवतः हृदयस्पर्शी क्षण भएर पनि होला ।   

उनले बार हलमा छोटो मन्तव्य दिए । उनले नेतृत्वमा निष्ठा र इमानदारिता भए न्यायमा सुधार सम्भव रहेको बताए । उनले भने, ‘‘आफु बेचिनु भएन, त्यसपछि कसैले किन्न पनि सक्दैन ।’’ 

राउतले न्यायका दृष्टिले न्यायपालिका ठूलो रहे पनि त्यहाँभन्दा ठूलो राष्ट्रियता र स्वाभिमान ठूलो रहेको बताए । 

‘‘यसभन्दा ठूलो राष्ट्रियता रहेछ र माटो रहेछ,’’ उनले भने । राउतले नवनियुक्त प्रधानन्यायाधीश डा.शर्मालाई बधाई दिँदै न्यायको गरिमा र प्रतिष्ठा अक्षुण्ण राख्न पनि शुभकामना पनि दिए । 

‘‘अनूपराज शर्मापछि कुनै प्रधानन्यायाधीशको बिदाइ भएन । आज राउतको बिदाइ भयो,’’ सर्वोच्च बारका उपाध्यक्ष अमर राउतले बाह्रखरीसँग भने, ‘‘सर्वोच्च बारले आउनेलाई न्यानो स्वागतसँगै जानेलाई सुखद् बिदाइ एकसाथ गरेको छ ।’’

सर्वोच्च बारका सचिव रमन कर्णले पनि १७ वर्ष यता हार्दिक बिदाइ पाउने प्रधानन्यायाधीश राउतमात्रै रहेको बताए । उनका अनुसार यसबीचमा अरु प्रधानन्यायाधीश बिदाइ पाउने कोटीमा परेका थिएनन् । 

कार्यक्रमपछि राउतले नवनियुक्त प्रधानन्यायाधीश शर्मा र कानुन व्यवसायीसँगै चियापानमा सहभागी भए । त्यसपछि शर्मा बार छेउको गेटबाट सर्वोच्चतिर छिरे भने राउत घर फकिए । बार पदाधिकारीले राउतलाई बारको गेटसम्मै पुगेर बिदा गरे ।   

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०