"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

लगामविहीन खर्चले बढायो महानगरको बेरुजु

Table of Content

काठमाडौँ — अघिल्ला वर्षहरूमा जसरी महानगरपालिकाहरूको बेरुजु गतवर्ष पनि घट्न सकेन । ६ वटा महानगरपालिकामध्ये केहीले मात्र बेरुजु घटाएका छन् । केही महानगरपालिकाको बेरुजुमा अझै सुधार हुन सकेको छैन । महालेखापरीक्षकको ६३ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ६ मध्ये चार महानगरपालिकाको मात्र लेखापरीक्षण गरिएको छ ।

यसमा सबैभन्दा बढी बेरुजु काठमाडौंको र कम ललितपुर महानगरपालिकाको देखिएको छ । महालेखाको प्रतिवेदनमा ४ महानगरपालिकाको ५८ अर्ब ८१ करोड ११ लाख रुपैयाँको लेखापरीक्षण गरिएकामा ९५ करोड ७८ लाख रुपैयाँ रकम बेरुजु देखिएको हो । अर्थात् कुल महानगरपालिकाको लेखापरीक्षण गरिएको रकममा १.६३ प्रतिशत बेरुजु देखिएको महालेखाले औंल्याएको हो । महालेखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनले सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरको देखाएको छ । 

काठमाडौं महानगरको २८ अर्ब २९ करोड १३ लाख ८४ हजार रुपैयाँको लेखापरीक्षण गरिएकामा ६१ करोड ९७ लाख ६३ हजार रुपैयाँ रकम बेरुजु देखिएको हो । कुल लेखापरीक्षण गरिएको रकममा यो २.१९ प्रतिशत हुन आउँछ । जब कि अघिल्लो वर्षमा यस महानगरपालिकाको २७ अर्ब ५२ करोड ४४ लाख ६ हजा रुपैयाँको लेखापरीक्षण गरिएकामा २.४७ प्रतिशत रकम बेरुजु देखिएको थियो । यो अंकमा ६८ करोड २ लाख ३६ हजार रुपैयाँ हुन आउँछ । 

दुवै आर्थिक वर्षमा बजेट विनियोजन हुँदा महानगरपालिकाको प्रमुखमा हालका प्रधानमन्त्री वालेन्द्र शाह थिए । तर उपत्यकाकै अर्को महानगरपालिका ललितपुरले भने बेरुजु हुने रकम घटाउँदै लगेको छ । २०८१/८२ मा १० अर्ब ६७ करोड ३६ लाख १६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा उक्त महानगरको ०.४४ प्रतिशत बेरुजु निस्किएको हो । रकममा यो ४ करोड ६८ लाख ६२ हजार रुपैयाँ हो । 

२०८०/८१ मा ललितपुरको बेरुजु रकम ५ करोड ५५ लाख २१ हजार रुपैयाँ थियो । उक्त आर्थिक वर्षमा १० अर्ब ६८ करोड ९७ लाख रुपैयाँ रकमको लेखापरीक्षण गर्दा ०.५२ प्रतिशत रकम बेरुजु देखिएको छ । काठमाडौं महानगरको तुलनामा यो निकै कम हो । आर्थिक कार्यविधिअनुसार केही कर्मचारी (चिकित्सक) लाई जोखिम भत्ता दिनुपर्नेमा प्रोत्साहन भत्ताका रूपमा रकम गएको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताए । ‘केही ऐन नियमले पनि समस्या गरेका छन्, तिनको संशोधन गर्ने तयारीमा छौं,’ उनले भने, ‘आगामी आर्थिक वर्षबाट बेरुजु कम गर्ने नीति लिएरै अघि बढ्छौं ।’ 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने काठमाण्डाै – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र सामुदायिक सबै अस्पतालले आफ्नो कुल स्वीकृत शय्याको कम्तीमा १० प्रतिशत विपन्न...

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी

विश्वकप २०२६ : ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी आज मध्यरातिदेखि शुरू हुने फिफा विश्वकप फुटबल २०२६ लाई जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ । जर्मनीको बोनमा शुरू भएको १० दिने जलवायु सम्मेलनका क्रममा...

विपद् व्यवस्थापन गर्न २०० केजी बोक्ने ड्रोन छ, तर खरिद प्रक्रिया झन्झटिलो : मन्त्री गुरुङ

काठमाडौँ , जेठ २८- गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन...

अर्थमन्त्रीलाई अमरेशको प्रश्नः नयाँ बजेटले कति प्रतिशत जनता खुःसी भए ?

काठमाडौं, जेठ २८- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटले नेपालको कति प्रतिशत जनता खुसी भए भनेर प्रश्न गरेका छन् । बजेटमाथि प्रतिनिधिसभामा बोल्दै उनले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका हुन् । ‘मित्रलाई केही कुरा आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यो बजेटबाट नेपालको कति प्रतिशत जनता खुसी भए ?’बैंकर खुसी...

१५ वटा  विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो

काठमाडौँ । देशभरका विश्वविद्यालयहरू निमित्त उपकुलपति र रजिष्ट्रारको भरमा चलेका छन् । गत वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेसँगै विश्वविद्यालयहरू पदाधिकारीविहीन भएका थिए ।   रिक्त पद अहिलेसम्म पूर्ति नहुँदा विश्वविद्यालयहरू निमित्तको भरमा चल्दै आएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार १५...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०