"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि रणनीति बनाउन कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आह्वान

Table of Content

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि रणनीति बनाउन कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आह्वान

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि रणनीति बनाउन कांग्रेसद्वारा विपक्षी दलहरूको बैठक आह्वान
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको आकस्मिक बैठक बोलाएको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक डाकिएको हो।

बैठकमा मुख्यत: प्रधानमन्त्री वालेन्द्र शाहले हिजो दिएको अभिव्यक्ति र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। प्रधानमन्त्री शाहले ‘नेपालले भारतको थुप्रै ठाउँमा सीमा मिचेको’ भनी दिएको विवादित बयानलाई लिएर विपक्षी दलहरूले साझा रणनीति तय गर्न लागेका हुन्।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारविरुद्ध कसरी प्रस्तुत हुने र प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध कुन रूपमा गर्ने भन्नेबारे विपक्षी गठबन्धनले सामूहिक निर्णय लिने तयारी गरेको छ।

प्रधानमन्त्रीको विवादित अभिव्यक्तिका कारण आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आक्रामक रूपमा कुरा उठाउने र संसद् अवरोधसम्म हुन सक्ने आकलन गरिएको छ। परराष्ट्र नीति र राष्ट्रिय सार्वभौमिकतासँग जोडिएको विषय भएकाले विपक्षीहरूले यसलाई संसद्‌मा मुख्य मुद्दा बनाउने निश्चित देखिएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepal_gas_gd5oM9Y79a

तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाण्डौ भित्र्याउन थालियो

काठमाण्डौ  – काठमाण्डौ उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव कायमै छ । गएको...
UN-united-nation_final_one_1aurKzC0Mx

संयुक्त राष्ट्रसङ्घले नेपाललाई ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि...
images_pxStGBGlyg_vgpbs0fnhfshm9o09tieuab9fn0efmm3kx0bsghdd8uaxh4e8rsqwbt3w2ra_U4hqmS0Gea_yyivkjt7uce7ohkrhzoot4cnxayipezjgwxsithgisinwabqxvm9qicr9rka

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा, को कहाँ?

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक सीडीओको जिम्मेवारी जिम्मेवारी हेरफेर गरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०