"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

नेपालको आर्थिक उन्नयनका लागि भारतीय योजना तथा नीतिविद् कान्तका आठबुँदे सुझाव

काठमाडौं । भारतका नीति तथा योजनाविद् अमिताभ कान्तले नेपालको आर्थिक वृद्धिका लागि आठबुँदे सुझाव पेस गरेका छन् । शनिबार बाह्रखरी आर्थिक परिसंवादमा उनले नेपालको आर्थिक उन्नतिका लागि आठबुँदे सुझाव पेस गरेका हुन् । उनले एकीकृत कर प्रणाली लागु गर्न सुझाएका छन् । बहुकर प्रणालीले लगानीकर्ता तथा व्यवसायी निरुत्साहित हुने भन्दै उनले एकीकृत कर प्रणाली लागु...
Read more

१० पटक म्याद थप्दा पनि निर्माण सम्पन्न भएन साढे तीन किलोमिटर सडक, फेरि म्याद थप्ने तयारी

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे तीन किलोमिटर सडक निर्माण सुरु भएको झन्डै एक दशक बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन । ६ लेनको आधुनिक सडकका रूपमा विस्तार गर्ने लक्ष्यसहित २०७३ चैत १७ गते ‘कञ्चनजङ्घा–बिरुवा जेभी’सँग ठेक्का सम्झौता गरिएको थियो । करिब ५४ करोड रुपैयाँ लागतमा ३० महिनाभित्र, अर्थात् २०७६ सालसम्म निर्माण...
Read more

अतिक्रमित संरचना भत्काउनेक्रम आजपनि जारी, आज छ सय बढी टहरा भत्काइँदै

काठमाडौंः काठमाडौंमा अतिक्रमित संरचना भत्काउनेक्रम आज पनि जारी छ। हिजो बल्खु, टेकु वंशीघाट, शंखमुललगायतका क्षेत्रमा ७४४ घरटहरा भत्काइएका थिए।  त्यसमध्ये हिजो साँझसम्म ३२३ परिवार सरकारको सम्पर्कमा आएका छन्। ती परिवारका एक हजार ४१४ जनामध्ये ८० जनालाई हिजै खरिपाटीमा व्यवस्थापन गरिएको छ। त्योक्रम आजपनि जारी राखिएको हो। बिहानैदेखि रुद्रमति, घट्टेकुलो आसपासका क्षेत्रमा डोजर चल्न सुरु भइसकेको छ।...
Read more

जेनजीद्वारा प्रधानमन्त्री बालेन्द्र शाह पक्राउको माग

काठमाडौँ । काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीमा सरकारद्वारा डोजर चलाएर हटाउने अभियानप्रति युवाहरूले कडा आपत्ति जनाएका छन्। जेनजी मुभमेन्ट नेपालले वक्तव्य जारी गर्दै प्रधानमन्त्री वालेन्द्र साहमाथि आत्महत्या दुरुत्साहनको आरोपमा कानुनी कारबाही गर्न माग गरेको छ। थापाथली, मनोहरा, सिनामंगल र बल्खु क्षेत्रमा भएको डोजर कारबाहीका कारण दुई जनाले आत्महत्या गरेको उल्लेख गर्दै मुभमेन्टले यसलाई राज्य आतंकको परिणाम...
Read more

पोखरामा सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक रिसाइकल सेन्टर निर्माण गरिँदै

पोखरामा सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक रिसाइकल सेन्टर निर्माण गरिँदै काठमाण्डौ – कास्कीको पोखरा महानगरपालिकाले फालिएका वस्तुको पुनः प्रयोग अर्थात् (रिसाइकल तथा अपसाइकल) गर्ने उद्देश्यका साथ सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक केन्द्र निर्माण गरिरहेको छ ।  नयाँ बजार प्रदर्शनी केन्द्रमा निर्माणाधीन केन्द्रबाट प्रत्यक्ष रूपमा झन्डै ३ हजार व्यक्तिलाई रोजगारीसँग जोड्ने लक्ष्य छ ।...
Read more

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै काठमाण्डौ – आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिएको हो ।  दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सञ्चार तथा सूचना...
Read more

चितवनमा सुकुम्बासीमाथि दमन भएको भन्दै श्रम संस्कृति पार्टीद्वारा ज्ञापन पत्र बुझाइयो

चितवन — अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीमाथि सरकारद्वारा गरिएको भनिएको दमनप्रति आपत्ति जनाउँदै श्रम संस्कृति पार्टीले जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाएको छ। पार्टीले हालै सुकुम्बासी नागरिकमाथि गरिएको बल प्रयोग, घरटहरा भत्काउने कार्य र अमानवीय व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संविधानले प्रत्येक नागरिकलाई सम्मानजनक बसोबासको अधिकार सुनिश्चित गरेको अवस्थामा राज्य स्वयंले कमजोर तथा...
Read more

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन अध्यादेश जारी काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति पौडेलले हिजो सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्रो संशोधन अध्यादेश,२०८३ जारी गर्नुभएको हो ।  उहाँले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हिजो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । वालेन्द्र शाह...
Read more

नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडक : दाउन्नेमा एकतर्फी ढलानको काम सकियो काठमाण्डौ – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ ।  आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सकिएको हो । पूर्वी खण्ड दाउन्नेमा झण्डै चार किलोमिटर पर्नेमा एकतर्फी रूपमा ढलानको काम सकिएको खनालले बताउनुभयो । ...
Read more

अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया

अमेरिकासँगको वार्ताका लागि इरानको नयाँ प्रस्ताव : स्वीकार्य नरहेको ट्रम्पको प्रतिक्रिया काठमाण्डौ – इरानले मध्यस्थकर्ता देश पाकिस्तानमार्फत अमेरिकासँगको वार्ताका लागि नयाँ प्रस्ताव ल्याएको छ । वार्ताको मध्यस्थकर्ता रहँदै आएको पाकिस्तानलाई इरानले आफ्नो पछिल्लो प्रस्तावको पाठ बुझाएको इरानको आधिकारिक समाचार एजेन्सीले जनाएको छ ।  नयाँ प्रस्तावमा के के बुँदा समावेश छन् भन्नेबारेमा तत्काल स्पष्ट छैन ।...
Read more
1 … 34 35 36 37

Trending News

Editor's Picks

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

काठमाडौँ — थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्‍यो । रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन...

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर

काठमाण्डौ – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गा सम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको फैसला अन्तिम बनेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समितिले दायर गरेको मुद्दा दोहोर्‍याएर हेरिपाऊँ भन्ने निवेदनमा अनुमति...

मकवानपुरको भीमफेदीमा जीप दुर्घटना : ३ जनाको ज्यान गयो, ७ जना घाइते

काटमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटबाट काठमाण्डौको लागि छुटेको ना १ ज २१४३ नम्बरको जीप आज बिहान पौने ९ बजेतिर सडकबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । घाइते ७...

दुई महिनामा ८ सय ८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही

काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गर्दै २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक अनियमितता नियन्त्रण गर्ने उद्देश्यले दैनिक ५ देखि १० वटासम्म...

केपी ओलीको प्रश्न– ‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! हामी मजाकका पात्र हौँ ?’

काठमाडौं, मंसिर २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०