"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण ५६ जनाको ज्यान गयो

भारतको उत्तर प्रदेशमा शक्तिशाली आँधीका कारण ५६ जनाको ज्यान गयो काठमाण्डौ – भारतको  उत्तर प्रदेशमा गए राति आएको ठूलो आँधी र वर्षाका कारण ५६ जनाको ज्यान गएको छ  । दर्जनौँ मानिस घाइते भएका छन् ।  भारतीय सञ्चारमाध्यमका अनुसार सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ । तीव्र गतिको हावाहुरीका कारण सयौँ रूखहरू...
Read more

स्वास्थ्य मन्त्रालयद्वारा देशैभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग

स्वास्थ्य मन्त्रालयद्वारा देशैभरका सरकारी अस्पतालको अतिक्रमित जग्गाको लगत माग काठमाण्डौ – स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधार सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको छ ।  मन्त्रालयले यसका लागि परिपत्र नै जारी गरेर अतिक्रमण भएको जग्गाको लगत पनि मागेको छ । मन्त्रालयले आफ्नो जग्गाको...
Read more

सगरमाथा आरोहण मार्ग निर्माण कार्य सकियाे, खुल्यो आरोहण

यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ । सगरमाथा आधारशिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २ पुसमा सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो । बुधबार १०ः२५...
Read more

सर्लाहीमा बसको ठक्करबाट मृत्यु

बरहथवा । यात्रुवाहक बसको ठक्करबाट सर्लाहीको हरिवनमा एक पुरुषको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.–०१–००६ ख ९६७० नम्बरको बसले बिहीबार (वैशाख ३१) बिहान हरिवन नगरपालिका–११, कडरिया चोकमा ठक्कर दिएको थियो । ठक्करबाट नाम, थर वतन नखुलेका एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...
Read more

आइसिसी टी–ट्वान्टी विश्व वरियतामा दीपेन्द्रसिंह एरी चौथो स्थानमा यथावत

आइसिसी टी–ट्वान्टी विश्व वरियतामा दीपेन्द्रसिंह एरी चौथो स्थानमा यथावत काठमाण्डौ – नेपाली  राष्ट्रिय  क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टी–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले हिजो सार्वजनिक गरेको नयाँ वरियतामा  दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियता अनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ ।  यो विश्व वरियतामा जिम्बाबेका सिकन्दर...
Read more

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफ खोज्दै विपक्षी दलहरुले अवरोध गरेपछि हिजो स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ ।  बिहान ११ः०० बजे बोलाइएको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । गएको सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा नीति...
Read more

विपक्षी तीन दलद्वारा अध्यादेश अस्वीकृतको सूचना दर्ता

विपक्षी तीन दलद्वारा अध्यादेश अस्वीकृतको सूचना दर्ता काठमाण्डौ – विपक्षी दलहरू कांग्रेस, एमाले र नेकपाले संघीय संसद् सचिवालयमा अध्यादेश अस्वीकृतको सूचना दर्ता गराएका छन् । एमालेले ८ वटै अध्यादेश निष्क्रिय बनाउनुपर्ने भन्दै अस्वीकारको सूचना दर्ता गराएको छ । यस्तै नेपाली कांग्रेसले संवैधानिक परिषद् र केही नेपाल ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना...
Read more

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो काठमाण्डाै – अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै १५ वटा असान्दर्भिक तथा समयसापेक्ष नरहेका कानून खारेजी प्रक्रियामा लगेको जानकारी दिनुभयो । उहाँकाअनुसार...
Read more

७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, पूरा गर्न कति सम्भव ?

काठमाडौँ — सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत आगामी दशकभर औसत ७ प्रतिशत आर्थिक वृद्धिको महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । तीन दशकदेखि औसत ४ प्रतिशतको सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा दुईतिहाइ नजिकको समर्थन प्राप्त सरकारले सुशासन, डिजिटाइजेसन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ ।  तर सुस्त निजी लगानी, कमजोर औद्योगिक आधार र...
Read more

बागमतीको सिंहदरबार : रूख कटान र संरचना निर्माणको बाटो खुल्दै

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडामा आफ्नै एकीकृत प्रशासनिक संरचना निर्माण गर्ने वर्षौंदेखिको योजनालाई कार्यान्वयनको चरणमा पुर्‍याएको छ । संघीय सरकारको वन तथा भू–संरक्षण विभाग र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबिच वन क्षेत्रको जग्गा उपभोगका लागि अन्तिम सम्झौताको गरेको हो । उक्त सम्झौतासँगै प्रदेश सरकारले वन क्षेत्रको रूख कटान र संरचना निर्माणको लागि बाटो खुला...
Read more
1 … 18 19 20 21 22 … 37

Trending News

Editor's Picks

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

काठमाडौँ — थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्‍यो । रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन...

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर

काठमाण्डौ – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गा सम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको फैसला अन्तिम बनेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समितिले दायर गरेको मुद्दा दोहोर्‍याएर हेरिपाऊँ भन्ने निवेदनमा अनुमति...

मकवानपुरको भीमफेदीमा जीप दुर्घटना : ३ जनाको ज्यान गयो, ७ जना घाइते

काटमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटबाट काठमाण्डौको लागि छुटेको ना १ ज २१४३ नम्बरको जीप आज बिहान पौने ९ बजेतिर सडकबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । घाइते ७...

दुई महिनामा ८ सय ८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही

काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गर्दै २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक अनियमितता नियन्त्रण गर्ने उद्देश्यले दैनिक ५ देखि १० वटासम्म...

केपी ओलीको प्रश्न– ‘ओली, देउवा र प्रचण्डलाई थुन्दिन्छु रे ! हामी मजाकका पात्र हौँ ?’

काठमाडौं, मंसिर २ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफू, नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाललाई पक्राउ गर्ने धम्की दिएको बताउनुभएको छ । पार्टीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले प्रहरी महानिरीक्षक (आईजीपी)ले आफूहरुलाई पक्राउ गर्ने अभिव्यक्ति दिएको आरोप लगाउनु भयो । राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०