"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

Latest Posts

आज २०८३ साल जेठ ६ गते बुधबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ शुक्ल पक्षको चतुर्थी तिथि । तदनुसार सन् २०२६ मे २० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको...
Read more

मणिपालका विद्यार्थीको बिजोग : एउटै कोठामा ८ जना, छतमा उभिएर कटाउँछन् रात

पोखरा । राम्रो झ्याल नभएको साँघुरो कोठामा ८ जना कति समय बस्न सकिएला ? एक घण्टा ? २ घण्टा ? कि दिनैभरि ? विश्वास गर्नुहुन्छ, यही कोठामा ४ वर्ष बिताउँछन् मणिपाल शिक्षण अस्पतालका बीएस्सीका विद्यार्थीहरू । चर्को शुल्क असुलेर पनि सामान्य मानव अधिकारको समेत ख्याल नगरी कलेज प्रशासनले आफूहरूलाई भेडा बाख्रा जस्तो कोचेर राखेको गुनासो...
Read more

नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको छ : डा.सुमित अधिकारी

नेपालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटेको छ : डा.सुमित अधिकारी काठमाडौं । पछिल्लो समय जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण र कोभिड–१९ महामारीपछिको बदलिँदो स्वास्थ्य परिस्थितिका कारण बालबालिकाहरूमा भाइरल इन्फेक्सनको जोखिम तीव्र रूपमा बढेको पाइएको छ । जाडो मौसम सकिएर गर्मी र वर्षायाम सुरु हुने यो संक्रमणकालीन समयमा बालबालिकाहरू अत्यधिक बिरामी पर्ने गरेका छन्। अरिन...
Read more

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो...
Read more

पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश

पूर्वमन्त्री गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश काठमाण्डौ – सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।  न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो ।  सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वमन्त्री गुप्तालाई...
Read more

मन्त्रिपरिषद् निर्णय : विस्थापित सुकुम्वासीलाई प्रतिपरिवार २५ हजार पुनर्स्थापना खर्च

मन्त्रिपरिषद् निर्णय : विस्थापित सुकुम्वासीलाई प्रतिपरिवार २५ हजार पुनर्स्थापना खर्च काठमाण्डाै – सरकारले काठमाण्डौ उपत्यकाका नदी किनारबाट विस्थापित भएकालाई प्रतिपरिवार २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले काठमाण्डौ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजु गरी पुनर्स्थापना खर्चबापत एकमुष्ठ २५ हजार रुपैयाँ दिने...
Read more

संसदमै प्रश्न उठिसक्दा पनि सांसद कार्कीले विदेशी महिलासँगको सम्बन्धबारे भने– मलाई थाहा छैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीले विदेशी महिलासँगको सम्बन्धबारे आफूलाई केही थाहा नभएको बताएका छन् । मंगलबार संसद सचिवालय भवनबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू यस विषयमा अनभिज्ञ रहेको जनाए । पत्रकारले सोधेको पहिलो प्रश्नमा उनले कोट र टिसर्टसमेत खोलेर ट्याटू नभएको देखाउँदै प्रश्न पन्छाउन खोजेको देखिन्छ । त्यसपछि केही पत्रकारले...
Read more

श्रम संस्कृति पार्टीले आज पनि प्लेकार्ड देखाएर प्रतिनिधिसभामा विराेध गर्‍याे

श्रम संस्कृति पार्टीले आज पनि प्लेकार्ड देखाएर प्रतिनिधिसभामा विराेध गर्‍याे काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ । बैठक शुरू भएलगत्तै पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले आ–आफ्नो ठाउँबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन् । संसदमा बोल्नका लागि समय नपाएपछि साम्पाङ संसद् बैठक छाडेर जानुभएको...
Read more

प्रस्तावित प्रधानन्यायाधीश डा.शर्माको न्यायालय सुधार योजना : १८ महिनाभित्र मुद्दा टुंग्याउनेदेखि एआई प्रयोगसम्म

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले न्यायपालिकालाई छिटो, प्रभावकारी, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित विस्तृत कार्ययोजना अघि सारेका छन्। संसदीय सुनुवाइ समिति समक्ष आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै उनले अदालतभित्रको कार्यप्रणाली सुधार, मुद्दा व्यवस्थापन, न्यायिक नियुक्ति प्रक्रिया, प्रविधिको प्रयोग तथा न्यायाधीश–कर्मचारीको सेवा व्यवस्थापनसम्मका विषयलाई समेटिएको छ। कार्ययोजनाको मुख्य केन्द्रबिन्दु अदालतमा बढ्दै गएको मुद्दाको चाप कम...
Read more

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी काठमाण्डाै – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ जना उजुरीकर्ताले उजुरी दर्ता गराएका छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्दै आरोपका आधार र प्रमाणबारे जानकारी लिइरहेको छ । उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा ‘बेन्च फिक्सिङ’ गरेको आरोप लगाएका छन् । राजनीतिक प्रभाव र पहुँचका आधारमा...
Read more
1 … 12 13 14 15 16 … 37

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०