"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी

Table of Content

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ‘बेन्च फिक्सिङ’ देखि भ्रष्टाचारसम्मका उजुरी

काठमाण्डाै – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध १६ जना उजुरीकर्ताले उजुरी दर्ता गराएका छन् । संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्दै आरोपका आधार र प्रमाणबारे जानकारी लिइरहेको छ ।

उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा ‘बेन्च फिक्सिङ’ गरेको आरोप लगाएका छन् । राजनीतिक प्रभाव र पहुँचका आधारमा संवेदनशील मुद्दाको सुनुवाइ प्रभावित बनाएको उहाँमाथि आरोप छ ।

केही उजुरीकर्ताले शर्मालाई ‘नेपो–बेबी’ भन्दै पारिवारिक शक्ति र पहुँचको भरमा न्यायिक क्षेत्रमा उक्लिएको आरोपसमेत लगाएका छन् । शर्मा न्यायाधीश नियुक्तिपछि नेकपा एमालेसँग निकट बनेको र राजनीतिक प्रभावमा काम गरेको आरोप पनि छ । यसले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उजुरीकर्ताहरूको भनाइ छ ।

त्यस्तै काठमाण्डौ महानगरपालिकाको फोहोर व्यवस्थापनसम्बन्धी विवादित मुद्दामा रिट खारेज गरी झन्डै २ अर्ब रुपैयाँ बराबरको भ्रष्टाचारमा संलग्न भएको आरोपसमेत शर्मामाथि लागेको छ ।

उजुरीकर्ताहरूले एनसेल कर फिर्तासम्बन्धी विवादास्पद प्रकरणमा पनि शर्माले सहयोगी भूमिका खेलेको दाबी गरेका छन् । राष्ट्रको आर्थिक हित विपरीत निर्णय प्रक्रियामा प्रभाव पारेको आरोप उजुरीमा समेटिएको छ ।

डा. शर्माले प्रधानन्यायाधीश बन्न आवश्यक संवैधानिक योग्यता पूरा नगरेको दाबी उजुरीकर्ताहरूको छ । शर्माले १५ वर्ष निरन्तर कानून व्यवसाय नगरेको तथा उच्च अदालतमा ५ वर्ष न्यायाधीशको अनुभव पनि नपुगेको आरोप छ ।

उजुरीमा शर्मा पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा भएको उल्लेख गर्दै पारिवारिक पहुँचकै आधारमा न्यायाधीश नियुक्ति भएको दाबी छ । शक्तिको दुरुपयोग र न्यायपालिकामा परिवारवाद मौलाएको आरोपसमेत उजुरीमा समावेश छ ।

उजुरीकर्ताहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकाल स्मरण गर्दै विवादित व्यक्तिलाई पुनः प्रधानन्यायाधीश बनाइए न्यायपालिका फेरि सङ्कटमा फस्ने चेतावनी दिएका छन् । विवादित पृष्ठभूमिका व्यक्तिलाई पूर्ण कार्यकालका लागि प्रधानन्यायाधीश बनाउँदा देशले न्यायिक, संवैधानिक र आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने उजुरीकर्ताहरूको भनाइ छ ।

डा. शर्माबारे संसदीय सुनुवाइ समितिले आजै औपचारिक सुनुवाइ गर्दैछ । समितिले उजुरीकर्ताका भनाइ, प्रमाण र आरोपको गम्भीरता मूल्याङ्कन गरेपछि मात्र नियुक्तिबारे अन्तिम निर्णय प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

यमोसा पर्व: थारु समुदायको पितृपूजा, पाहुना सत्कार र सांस्कृतिक एकताको अनुपम परम्परा

यमोसा पर्व चितवन र छिमेकी नवलपुर क्षेत्रका थारु समुदायले परम्परागत रूपमा मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्व हो। यसलाई यमोसा, यम्वासा वा पितृ औँसी पनि भनिन्छ। यो पर्व दिवंगत भएका बुबा–आमा, हजुरबुबा–हजुरआमा तथा परिवारका अन्य पुर्खाहरूको सम्झना गर्दै उनीहरूको आत्माको शान्ति र कल्याणको कामना गर्न मनाइन्छ। यो केवल पूजा गर्ने दिन मात्र होइन; पुर्खाप्रतिको...

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण

मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) ले जनाएको छ । एआई प्रविधिमा बढ्दो लगानीका यसवर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ । आपूर्ति शृङ्खलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ...

म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि जोडियो

काठमाण्डाै –  म्याग्दीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि फेरि जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाडी सञ्चालनमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको झण्डै २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । त्यसपछि सडक अवरुद्ध हुँदा आवागमन प्रभावित...

एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा

काठमाण्डौ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसूरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का निलम्बित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सिफारिससँगै अध्यक्ष नेम्वाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन् । सीआईबीले एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल...

कांग्रेस इतर पक्षको भरतपुर महानगर अधिवेशन सम्पन्न, सभापतिमा प्रमिश राई चयन

नेपाली कांग्रेसले १५औं महाधिवेशन गरिरहँदा चितवन भने कांग्रेस इतर पक्षले नियमित अधिवेशन प्रक्रियालाई तिव्रता दिएको छ ।(बिहीबार) भरतपुर महाधिवेशन गर्दै कांग्रेस इतर पक्षले नियमित महाधिवेशन प्रक्रियालाई तिव्रता दिएको हो । महानगर अधिवेशनबाट प्रमिश राईको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । यसअघि राइलाई महानगरको अधिवेशन गराउन महानगर संयोजक तोकिएको थियो । यस्तै उपसभापतिमा रेशल श्रेष्ठ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०