"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्राधिकरणद्वारा विभिन्न १७ इन्टरनेट सेवा प्रदायकसँग १५ दिने स्पष्टीकरण माग

Table of Content

काठमाण्डौं – नेपाल दूरसञ्चार प्राधिकरणले नियमअनुसार बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने र सम्पर्कमा नआउने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई अनुमतिपत्र (लाइसेन्स) किन खारेज नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ । 

आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले ती सेवा प्रदायकलाई १५ दिनभित्र लिखित सफाइ पेश गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार सूचनामा उल्लेख गरिएका विभिन्न १७ वटा कम्पनीले विगत केही आर्थिक वर्षदेखि लेखा परीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी रकम र ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता दाखिला गरेका छैनन् । पटक–पटक पत्राचार र सार्वजनिक सूचनामार्फत जानकारी गराउँदा समेत सेवा सञ्चालन क्षेत्र, ग्राहक विवरण र अन्य माग गरिएका कागजात नबुझाएको तथा प्राधिकरणको सम्पर्कमा समेत नआएको सूचनामा उल्लेख छ ।

दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कारबाही अगाडि बढाउनुअघि प्राधिकरणले दफा २८ (४) अनुसार सफाइ पेश गर्ने अन्तिम अवसर दिएको जनाएको छ । तोकिएको १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण वा सफाइ पेश नगरेमा ती १७ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

gas_YUeyg2p32O

जनकपुरका ग्याँस डिलरहरूमा अनुगमन तीव्र

जनकपुरधाम । खाना पकाउने एलपीजी ग्याँसको देशभरि अभाव भएपछि जनकपुरको नगर क्षेत्रमा रहेका ग्याँस डिलरहरूमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०