"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सिफारिस कार्यान्वयन सरकारको कर्तव्य

Table of Content


राष्ट्रिय मानव अधिकार आयोगले तयार गरेको गत वर्षको भदौ २३ र २४ गते जेन(जी आन्दोलनका नाममा भएको दमन र विध्वंसको प्रतिवेदनको सिफारिस खण्ड सार्वजनिक भएको छ । आयोगले गत बुधवार सार्वजनिक गरेअनुसार घटनामा संलग्नहरूमाथि कारबाहीका लागि सिफारिस गरिएको हो । 

राष्ट्रिय मानव अधिकार आयोग नेपालको संविधान, २०७२ को धारा २४८ अनुसार ुमानव अधिकारको सम्मान, संरक्षण र संवर्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्नु गठन भएको स्वायत्त संवैधानिक निकाय हो । कानुनतः आयोगको सिफारिस सरकारले कार्यान्वयन गर्नुपर्छ ।

यसभन्दा पहिले गत भदौकै घटनाको छानबिन गर्न अन्तरिम सरकारले न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा न्यायिक आयोग गठन गरेको थियो । तीन महिनाभित्र प्रतिवेदन तयार गर्ने कार्यादेश सहित गठन गरिएको कार्की आयोगले करिब पाँच महिनामा मात्र प्रतिवेदन बुझाएको थियो । 

दुवै आयोगले भदौ २३ को घटनामा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री रमेश लेखकलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुखमाथि पनि कारबाही गर्न सिफारिस गरेको छ । भदौ २४ को विध्वंसमा कार्की आयोग लगभग मौन रहेकोमा मानव अधिकार आयोगले भने संदिग्ध व्यक्तिहरू किटान गरी थप छानबिन तथा कारबाहीको लागि सिफारिस गरेको देखिन्छ । 

यसैले यी दुई प्रतिवेदनमा कार्की आयोगको भन्दा मानव अधिकार आयोगको प्रतिवेदन सन्तुलित र अपेक्षाकृत पूर्ण देखिन्छ । मानव अधिकार आयोगले कार्की आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका साथै पूर्वप्रधानमान्त्री सुशीला कार्की र पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालमाथि पनि छानबिन गर्न सिफारिस गरेको छ ।

अन्तर्राष्ट्रिय मान्यता र सञ्जालसमेत भएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनका लागि बाध्यकारी पनि हुन्छ । मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन नगरे संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय मञ्चहरू सम्बन्धित देशको सरकारले जवाफ दिनुपर्छ । नेपाल पक्ष भएका सन्धि सम्झौताहरूमा पनि मानव अधिकार उल्लङ्घनकर्तालाई सक्षम न्यायालयबाट सजाय दिलाउन राज्यले प्रतिबद्धता व्यक्त गरेको स्मरणीय छ ।

गत भदौको घटनाका सम्बन्धमा मानव अधिकार आयोगले थप छानबिन र कारबाहीका लागि गरेको सिफारिस सूचीमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत त्यस दलका कैयौं नेताहरूको नाम समावेश भएको छ । यसैले सरकारले मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न आलटाल गर्ने वा गर्दै नगर्ने सन्देह जनस्तरमा देखिन्छ । 

कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा सरकारले ओली र लेखकलाई पक्रेर थुनामा समेत राखेको थियो । ओली र लेखकलगायतलाई कारबाही गर्न मानव अधिकार आयोगले पनि सिफारिस गरेको छ भने अब रास्वपाका नेताहरूलगायत माथि निष्पक्ष अनुसन्धान गराएर कारबाही गर्नु सरकारको जिम्मेवारी हो । रास्वपाका नेतामाथि कारबाही गराउनु प्रधानमन्त्री बालेन्द्र शाहका लागि पक्कै चुनौतीपूर्ण  हुनेछ तर कारबाही गरिएन भने नैतिक वैधता र उत्तरदायितामा प्रश्न उठ्नेछ ।

भदौ २४ को विध्वंसमा संलग्न हुनेहरूमाथि अनुसन्धान र कारबाही नगर्ने हो भदौ २३ को दमनमा संलग्नहरूमाथि कारबाही गर्ने नैतिक अधिकार राज्यलाई हुँदैन । दुवै पक्षलाई उन्मुक्ति दिनु दण्डहीनताकै निरन्तरता ठहरिनेछ । साथै, जेन(जी आन्दोलनमा ज्यान गुमाउने र घाइतेहरूमाथि पनि अन्याय हुनेछ ।          

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पूर्णरूपमा सार्वजनिक भएको छैन । थप अनुसन्धान तथा कारबाहीका लागि सिफारिस गरिएको नामहरू हेर्दा रास्वपाको सरकारले प्रतिवेदनमाथि न्याय गर्ला भनेर विश्वास गर्न कठिन छ । मानव अधिकार आयोगको प्रतिवेदनको उपेक्षा गरिएमा त्यसबाट अन्तर्राष्ट्रिय स्तरमा समेत सरकारको छवि नकारात्मक हुनसक्छ ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको उपेक्षा गर्नु प्रत्युत्पादक हुन्छ भन्ने हेक्का राखेर सरकारले आयोगको सिफारिस कार्यान्वयन गर्न अग्रसरता देखाउनुपर्छ । थप छानबिनको लागि सिफारिस गरिएका व्यक्तिहरूमाथि अनुसन्धान अगाडि बढाउन सरकारले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय सक्षम न्यायिक निकायबाट अनुसन्धान गराउनु उचित र आवश्यक देखिन्छ । अनुसन्धानको विश्वसनीयता सुनिश्चित गर्न आवश्यक परे प्राविधिक वा अन्तर्राष्ट्रिय विशेषज्ञ सहयोग पनि लिए हुन्छ । 
 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको...

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो...

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०