"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

गणतन्त्र दिवस राष्ट्र निर्माणको महान प्रेरणा : राष्ट्रपति पौडेल

Table of Content

काठमाडौँ, जेठ १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो राष्ट्र निर्माणका लागि महान प्रेरणा तथा अभिभारा भएको बताउनुभएको छ ।

१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको उल्लेख गर्नुभयो । उहाँले गणतन्त्रले देशवासीलाई जोड्दै साझा राष्ट्र निर्माणको संकल्पतर्फ प्रेरित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ । यसले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अघि बढ्ने अवसर दिएको छ । यसले देशवासीलाई जोडेर साझा राष्ट्र बनाउने संकल्पतर्फ प्रेरित गरेको छ । त्यसैले यो राष्ट्र निर्माणको महान प्रेरणा र अभिभारा हो ।”

राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादा रक्षा गर्दै यसलाई सुदृढ बनाउन सबै राजनीतिक दल, नेतृत्व र नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । गणतन्त्र केवल व्यवस्था मात्र नभई आचरणयुक्त राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति भएको उहाँको भनाइ थियो ।

उहाँले राजनीतिक तथा शासकीय अभ्यासलाई नैतिकता, निष्ठा र मूल्य–मान्यतामा आधारित बनाउनुपर्ने उल्लेख गर्नुभयो । ढिलासुस्ती, अनियमितता र बेथिति लोकतान्त्रिक गणतन्त्रका प्रमुख चुनौती भएको बताउँदै उहाँले नागरिकको जीवनमा आशा र विश्वास जगाउनु राज्यको दायित्व भएको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई व्यवहारमा पुष्टि गर्न शासकीय चरित्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै सुशासन, विकास र समृद्धिका माध्यमबाट मात्र गणतन्त्रको लक्ष्य पूरा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जबसम्म नागरिकको जीवनमा आशाको दियो बल्दैन, तबसम्म गणतन्त्रको लक्ष्य पूरा हुँदैन । नागरिकले सुशासन र समृद्धि चाहेका छन् । त्यसका लागि स्रोतको उच्चतम उपयोग आवश्यक छ ।”

उहाँले कृषि, पर्यटन, ऊर्जा, उद्योग तथा सेवा क्षेत्रको सुदृढीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले गणतन्त्रलाई विश्वकै उत्कृष्ट शासन व्यवस्था भन्दै नागरिक सर्वोच्चताको अभ्यासले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पुगेको बताउनुभयो । संघीयता, समावेशिता र सामाजिक न्यायले यस व्यवस्थालाई थप सुदृढ बनाएको उहाँको भनाइ थियो ।

उहाँले गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका योद्धाप्रति सम्मान व्यक्त गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०